आइतबार, जेठ ६ गते २०८१    
images
images

गण्डकी विकास बैंकदेखि नर्भिक अस्पतालसमेत यी २५ कम्पनीलाई बक्यौता कर भुक्तानीमा १५ दिनको मौका

images
सोमबार, वैशाख २४ २०८१
images
images
गण्डकी विकास बैंकदेखि नर्भिक अस्पतालसमेत यी २५ कम्पनीलाई बक्यौता कर भुक्तानीमा १५ दिनको मौका

कार्यालयले आयकर र मूल्यअभिवृद्धिकर नतिर्ने १२ कम्पनीको नाममा सूचना जारी गरेको हो। जहाँ गण्डकी विकास बैंकदेखि नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज प्रालिसमेत रहेको छ।

images
images

काठमाडौं- ठूला करदाता कार्यालय हरिहरभवन ललितपुरले लामो समयसम्म बक्यौता कर नतिर्ने २५ कम्पनीलाई अन्तिमपटम कर तिर्न १५ दिनको समयमा दिँदै सूचना प्रकाशित गरेको छ।

images
images
images

कार्यालयलले आयकर र मूल्यअभिवृद्धि कर नतिर्ने १२ कम्पनीको नाममा सूचना जारी गरेको हो। जहाँ गण्डकी विकास बैंकदेखि नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज प्रालिसमेत रहेको छ। 

images

कार्यालयले बारम्बार कर तिर्नका लागि अनुरोध गरेपनि बक्यौता कर भुक्तानी नगरेको भन्दै १५ दिनभित्र कर भुक्तानीका लागि अन्तिम पटक मौका दिएको र यस अविधमा पनि भुक्तानी नभएमा कानूनअनुसार हुने जनाएको छ।

images
images

यसैगरी सूचीमा सरकारी कम्पनी कृषि सामग्री कम्पनी लिमिटेडदेखि इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केवलनेट कम्पनी पनि रहेको छ।

images
images

बक्यौता कर रकम दाखिलाका लागि सार्वजनिक भएका कम्पनीहरु :

१. कृषि सामग्री कम्पनी लिमिटेड

२. माउण्ट एभरेष्ट ब्रुअरी 

३. शुभश्री अग्नी सिमेन्ट उद्योग 

४. जयन्ती निर्माण सेवा

५. गण्डकी विकास बैंक लिमिटेड

६. सुमेरु बचत तथा ऋण सहकारी संस्था 

७. नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज 

८. अरनिको आँबुखैरेनी सिमेन्ट इण्डष्ट्रिज

९. जनक शिक्षा सामाग्री केन्द्र लि.

१०. सीई कन्स्ट्रक्सन प्रा.लि.

११. टाइगर्स ब्रुअरी इण्डष्ट्रिज प्रा. लि.

१२. सुविसु केवलनेट लि.

१३. इष्टर्न एजेन्सीज प्रा.लि.

१४. सुनाम इन्फ्रास्ट्रक्चर निर्माण प्रा. लि.

१५. कशमस सिमेन्ट ईण्डष्ट्रिज प्रा.लि.

१६. बतास ब्रदर्श प्रा.लि.

१७. महालक्ष्मी वायर एण्ड केबल इण्डष्ट्रिज प्रा.लि.

१८. विशाल सिमेन्ट इण्डष्ट्रिज प्रा.लि.

१९. ग्रिन हिल सिटी

२०. अयोकी सिम्बोल इरेक्टर्स नेपाल प्रा.लि.

२१. शिव शिखर एग्रो प्रालि

२२. कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालि

२३. उदयपुर सिमेन्ट उद्योग 

२४. पेन इंडिया इन्फ्राप्रोजेक्टस

२५. हिमाल आइरन एण्ड स्टिल 


प्रकाशित : सोमबार, वैशाख २४ २०८१०६:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend