शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

स्याङ्जामा डढेलोले दुई हजार हेक्टर वन क्षेत्रमा क्षति

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख २३ २०८१
images
स्याङ्जामा डढेलोले दुई हजार हेक्टर वन क्षेत्रमा क्षति
सांकेतिक तस्बिर।

'उपभोक्ताले झाडी सफाइ, कटनीछटनीजस्ता वन व्यवस्थापनका कार्य, वनभित्रका वनपथ तथा अग्निरेखा सुक्खायाम अगावै राम्ररी सफा गर्नसके आगलागी नहुन सघाउ पुग्थ्यो तर त्यस्ता काम हुनसकेका छैनन्।'

images
images

स्याङ्जा- डढेलोले स्याङ्जामा झण्डै दुई हजार हेक्टर वन क्षेत्रमा क्षति भएको छ। जिल्लाका विभिन्न ११ स्थानीय तहमा रहेका एक सय १३ वनमा आगलागी हुँदा एक हजार आठ सय ६१ हेक्टर क्षेत्रफलमा क्षति भएको डिभिजन वन कार्यालय स्याङ्जाका सूचना अधिकारी अमरबहादुर पराजुलीले जानकारी दिए।

images
images
images

फागुन महिनाको पहिलो साताबाट सामुदायिक वन र राष्ट्रिय वनमा आगलागी हुँदासल्ला, चिलाउने, कटुस, साल, सिसौँलगायत बोटबिरुवा जलेर नष्ट भएका पराजुलीले बताए।

images
images

वन विनाशको मुख्य कारण मानिएको डढेलोले वर्सेनी यहाँ लाखौँ मूल्य बराबरको क्षति तथा काठ दाउराजस्ता वनजन्य स्रोत जलेर नष्ट हुने गरेका उनको भनाइ छ।

images
images

'बहुमुल्य बोटबिरुवा र काठदाउरा मात्रै होइन डढेलोले ठूलो सङ्ख्यामा चितुवा, मृग, खरायो, दुम्सीजस्ता वन्यजन्तुको मर्नुका साथै बासस्थानको नास हुने गरेको छ। यसले यहाँको वन क्षेत्रले ठूलो नोक्सानी बेहोर्नुपरेको छ', पराजुलीले भने। 

वनमा लागेको आगो स्थानीय उपभोक्ता, वन कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा दमकलको सहायतामा नियन्त्रणमा लिने गरिएको छ।

वनभोज जाने समूहले वनमा खाने कुरा पकाएपछि राम्रोसँग आगो ननिभाई छाड्ने, पाइपमर्मत गर्दा आगोको प्रयोग गर्ने तर ननिभाई छाड्ने, चुरोट तथा बिंडीका ठुटा जथाभावी फाल्ने, वनसँग जोडिएका खेतबारीमा सुकेका पात पतिङ्गर जलाउनेजस्ता कारणले आगलागी घटना बढ्दै भएका छन्।

पराजुली भन्छन्, 'उपभोक्ताले झाडी सफाइ, कटनीछटनीजस्ता वन व्यवस्थापनका कार्य, वनभित्रका वनपथ तथा अग्निरेखा सुक्खायाम अगावै राम्ररी सफा गर्नसके आगलागी नहुन सघाउ पुग्थ्यो तर त्यस्ता काम हुन सकेका छैनन्। त्यसैले अब भने प्राकृतिक सम्पदाको विनाशलाई रोक्न र कम गर्न सबै सचेत र जागरुक हुन आवश्यक छ।' 

वनमा आगो लगाउन वा आगलागी हुनजाने कुनै कार्य गर्नुलाई कसुर मानिएको छ। वनसम्बन्धी कसुर गर्नेलाई वन ऐन २०७६ को दफा ५० (४) बमोजिम विगो असुल गर्ने व्यवस्था छ।

कसुर गर्नेलाई ६० हजार रुपैयाँसम्म जरिबाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था भएकाले कसुर गर्ने व्यक्तिलाई पक्राउ गर्न वा सूचना दिन पनि डिभिजन वन कार्यालय स्याङ्जाले अनुरोध गरेको छ। रासस


प्रकाशित : आइतबार, वैशाख २३ २०८११५:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend