शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

डढेलोका कारण दुनाटपरी बनाउने उद्योग संकटमा

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख २३ २०८१
images
डढेलोका कारण दुनाटपरी बनाउने उद्योग संकटमा

विकराल रूपमा फैलिएको डढेलोको चपेटामा सालको पात पाउने जंगल परेपछि ज्ञानुकाको उद्यमी बन्ने र गाउँका दिदीबहिनीलाई समेत उद्यमी बनाउने सपना खरानी भएको छ।

images
images

रामेछाप- दिनभर दुनाटपरी बनाएर आफ्नो र आफ्ना बालबलिकाको लागि खर्च जुटाउने गरेकी रामेछापकी ज्ञानुका कार्कीले सञ्चालन गरेको उद्योग कच्चापदार्थको अभावमा संकटमा परेको छ।  

images
images
images

रामेछाप नगरपालिका-७ मा व्यावसायिक दुनाटपरी र बोतो बनाउन सुरु गरेकी ज्ञानुकालाई जंगलबाट टिपेर ल्याउनुपर्ने सालको पात पाउनै मुस्किल छ।

images
images

रामेछाप नगरपालिकाले सालको पातको उक्त सामान बनाउने तालिम दिएपछि त्यसैलाई व्यवसाय बनाउने सोचकासाथ काम सुरु गरेकी ज्ञानुकाले पात टिपेर ल्याउने वनमा आगलागीले सखाप बनायो। दुना टपरी र बोतो व्यवसाय गरेर दैनिक घरखर्च धान्ने ज्ञानुकाको सपना डढेलोले सखाप बनाइदियो।

images
images

आफूले व्यवसाय सुरु गरेसँगै ज्ञानुकाले आफ्ना वरिपरिका दिदिबहिनीलाई समेत समेटेकी थिइन्। उनले २० जनाको समूहसमेत बनाइसकेकी थिइन्। ती सबै महिला दिदीबहिनीलाई समेत काम सिकाएर व्यवसायमार्फत् आत्मनिर्भर बनाउने उनको सोच थियो। 

विकराल रूपमा फैलिएको डढेलोको चपेटामा सालको पात पाउने जंगल परेपछि ज्ञानुकाको उद्यमी बन्ने र गाउँका दिदीबहिनीलाई समेत उद्यमी बनाउने सपना खरानी भएको छ।

जंगलमा खेर गइरहेको सालको पातबाट दुना टपरी, बोतो बनाएर उद्यम गर्छु भन्ने ज्ञानुकाको सोचलाई रामेछाप नगरपालिका सँगै सामाजिक विकास मन्त्रालय बागमती प्रदेश, हेटौँडाले समेत सहयोग गरेको छ। मन्त्रालयले उनलाई मेसिन खरिदका लागि दुई लाख दिएको हो।

वनमा लागेको डढेलोले गर्दा आफूहरूले गरिरहेको काममा असर गरेको अर्की व्यवसायी सिर्जना कार्की बताउँछिन्। टपरी बनाएर कमाएको पैसाले घर खर्चमा केही हदसम्म भएपनि सहयोग गर्ने सिर्जनाको इच्छा थियो। तर सिर्जनाको यो इच्छा पनि इच्छामै सीमित रह्यो। घरको कामकाज भ्याएर कमाउने मेसो मिलेकोमा बिन्दा बस्नेत पनि खुसी थिइन्। तर वनमा लागेको डढेलोका कारण बिन्दाको कमाउने मेसो पनि सेलाएको छ।

ज्ञानुकाले सालको पात प्रतिकेजी ३० रुपैयाँमा किन्ने गरेकी थिइन्। त्यसबाट उत्पादन गरेको टपरी १० रुपैयाँ प्रतिगोटा र बोता तथा दुना पाँच रुपैयाँ प्रतिगोटाले बिक्री गर्दै आएकी थिइन्। उनले भनिन् 'अहिले डढेलोले जंगल सखाप पार्‍यो सालको पातले एक जनाको दैनिक घर खर्च र छोराछोरीको पढाइ खर्च टर्ने गरेको थियो। डढेलोले जंगल सखाप भएपछि सालको पात बेच्ने र दुना टपरी बनाउनेको रोजीरोटीसमेत खोसियो।'

रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले भने जंगलमा आगो लगाउने जोसुकैलाई कडा कारबाही गरिने बताएका छन्। उनले जंगलमा आगो लगाउनेको पहिचाहन गर्न डिभीजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीलाईसमेत निर्देशन दिइ डढेलो लाग्नबाट बचाउनसमेत अनुरोध गरे। रासस


प्रकाशित : आइतबार, वैशाख २३ २०८११४:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend