शनिबार, असोज ५ गते २०८१    
images
images

५ महिनामा १ खर्ब ३९ अर्ब लगानी प्रतिबद्धता, १३४ उद्योग दर्ता

images
सोमबार, पुस ५ २०७८
images
images
५ महिनामा १ खर्ब ३९ अर्ब लगानी प्रतिबद्धता, १३४ उद्योग दर्ता

उद्योग विभागका अनुसार चालु आवको पहिलो ५ महिनामै १३४ जटा उद्योग दर्ता भएका छन्।

images
images

काठमाडौं- कोरोनाका कारण शिथिल बनेको उद्योग व्यवसायमा पुनः उत्साह सुरु भएको छ। उद्योग दर्ता तथा लगानी प्रतिवद्धता रकममा उल्लेख्य मात्रामा वृद्धि भएको छ।

images
images
images

उद्योग विभागका अनुसार चालु आवको साउनदेखि मंसिरसम्ममा गत आर्थिक वर्ष २०७७/०७८ कै संख्याामा उद्योग तथा लगानी प्रतिवद्धता आइसकेको छ।

उद्योग विभागका अनुसार चालु आवको पहिलो ५ महिनामै १३४ जटा उद्योग दर्ता भएका छन्। जसमा पर्यटन उद्योगदेखि हाइड्रोपावरसमेत रहेका छन्। चालु आवको पहिलो ५ महिनामै ३ वटा इन्भेष्टमेन्ट कम्पनीमार्फत उद्योगमा लगानी आएको छ। 

चालु आवको साउनदेखि मंसिरसम्ममा १ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता अनुसार १३४ वटा उद्योग दर्ता भइसकेको छ। गत आर्थिक वर्षमा १ खर्ब ५६ अर्बको लगानी आएको थियो। तर यो वर्षको पहिलो ५ महिनामा १ खर्ब ३९ अर्बको लगानी प्रतिवद्धता आएको छ।

images

साथै गत आर्थिक वर्षभर ३२ अर्बको विदेशी लगानी प्रतिबद्धता आएको भए पनि अहिले नै २५ अर्ब रुपैयाँ भन्दाबढीको आइसकेको छ। जसमा सबैभन्दा बढी होटल तथा हाइड्रोपावर क्षेत्रमा रहेको छ। साथै उत्पादनमुलक क्षेत्रमा पनि लगानी प्रतिवद्धता बढेको छ।


प्रकाशित : सोमबार, पुस ५ २०७८०७:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend