मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

सीजी फुड्समा भएको आक्रमणमा संलग्नलाई कानूनी दायरामा ल्याउन परिसंघको माग

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख २३ २०८१
images
images
सीजी फुड्समा भएको आक्रमणमा संलग्नलाई कानूनी दायरामा ल्याउन परिसंघको माग

परिसंघले देशकै प्रमुख औद्योगिक घराना चौधरी ग्रुपबाट सञ्चालित उद्योगमाथि भएको घटनामा संलग्न जो कोहीलाई कानूनी दायरामा ल्याउन माग गरेको छ।

images
images

काठमाडौं- सीजी फुड्समा गएको शुक्रबार भएको आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल उद्योग परिसंघले जनाएको छ। 

images
images

सीजी फुड्समा कार्यरत कर्मचारीमाथि हातपात एवं भौतिक सम्पत्ति तोडफोड गरिएको घटना निन्दनीय रहेको भन्दै परिसंघले देशकै प्रमुख औद्योगिक घराना चौधरी ग्रुपबाट सञ्चालित उद्योगमाथि भएको घटनामा संलग्न जो कोहीलाई कानूनी दायरामा ल्याउन माग गरेको छ। 

images
images

'हालको विषम परिस्थितीमा निरुत्साहित बनिरहेको निजी क्षेत्रको मनस्थितिलाई यस्ता घटनाले थप हतोत्साही बनाउने ठहर समेत परिसंघले गरेकाे छ। 

images
images
images

लगानीको वातावरण बिग्रने र समृद्ध अर्थतन्त्रको प्रयासमा गम्भीर असर पार्ने भएकाले यस्ता कार्यलाई निरुत्साहित गर्न कडा रुपमा प्रस्तुत हुन नेपाल सरकार, प्रशासन एवं सम्बन्धित सरोकारवालाहरूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ' परिसंघले विज्ञप्तीमार्फत भनेको छ।


प्रकाशित : आइतबार, वैशाख २३ २०८११४:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend