शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

घरको छतमा यूटीएलको जोखिमयुक्त टावर : न भाडा दिन्छन् न त टावर झिक्छन्

महसुल भुक्तानी नगर्दा प्राधिकरणले काटिदियो विद्युत लाइन

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख २३ २०८१
images
घरको छतमा यूटीएलको जोखिमयुक्त टावर : न भाडा दिन्छन् न त टावर झिक्छन्

लामो समयदेखि कम्पनीबारे सोधपुछ गर्दा कार्यालय र सम्बन्धित कोही व्यक्ति नभेटाएपछि जिल्ला प्रशासन कार्यालयलाई लिखित जानकारी गराउँदा पनि समाधान हुन सकेन।

images
images

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका-१० झलारीका गगनराज भट्टको तीनतले घरको छतमा ठड्याइएको युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) को टावर जोखिमयुक्त अवस्थामा रहेको छ। मोबाइल सेवा प्रदान गर्न १४ वर्षअघि घरधनीसँग १० वर्षको सम्झौता गरी निर्माण गरिएको टावरको मर्मतसम्भार नहुँदा जोखिम बढेको हो।

images
images
images

६ हजार ५ सय रुपैयाँ मासिक भाडा दिनेगरी २५ मिटर अग्लो टावर निर्माण गरिएको घरधनी भट्टले बताए। उनले प्रत्येक वर्ष १० प्रतिशत भाडा रकम वृद्धि गरेर दिने सहमतिका साथ टावर निर्माण गरिएको १४ वर्ष भए पनि सुरूका तीन वर्षपछि कम्पनी नै सम्पर्कविहीन भएको जानकारी दिए। 

images
images

उनका अनुसार टावर राखेदेखि मर्मतसम्भार नहुँदा टावरका नटबोल्ट खुकुलो भएर जोखिम बढेको छ भने अर्थिङ गर्न राखिएको तार चोरी भएको छ।

images
images

'चट्याङ पर्ने सम्भावना पनि उत्तिकै छ। हावाहुरीको समयमा त टावर निकै हल्लिने गरेकाले बजार क्षेत्रका तीन घरसहित सडकमा हिँड्ने यात्रुलाई पनि कतिबेला के हुने हो भन्ने चिन्ता छ', भट्टले गुनासो गरे। 

लामो समयदेखि कम्पनीबारे सोधपुछ गर्दा कार्यालय र सम्बन्धित कोही व्यक्ति नभेटाएपछि जिल्ला प्रशासन कार्यालयलाई लिखित जानकारी गराउँदा पनि समाधान हुन नसकेको उनले बताए। 

टावरसँगै घरमा भाडामा लिएको एउटा कोठामा दुईवटा वातानुकूलित (एसी) र ८० भन्दा बढी ब्याट्री अलपत्र अवस्थामा छन्। टावरका लागि प्रयोग भइरहेको विद्युतको महसुल तीन लाख रुपैयाँ पुग्दा पनि भुक्तानी नभएकाले नेपाल विद्युत् प्राधिकरणले विद्युत लाइनसमेत काटिदिएको छ। 

नेपालको पहिलो निजी टेलिकम कम्पनी युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) सधैँका लागि बन्द भइसकेको छ। रासस


प्रकाशित : आइतबार, वैशाख २३ २०८११२:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend