मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

काठमाडौं महानगरले आगलागी प्रभावित दाङ र गुल्मीका दुई पालिकालाई सहयोग गर्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख २३ २०८१
images
images
काठमाडौं महानगरले आगलागी प्रभावित दाङ र गुल्मीका दुई पालिकालाई सहयोग गर्ने

दाङको राजपुर गाउँपालिका-७ स्थित हाटबास क्षेत्रमा यही बैशाख १६ गते आगलागी हुँदा २५ वटा घर र ३५ वटा गोठ जलेर नष्ट भएका थिए।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले अग्नि प्रभावित दाङ र गुल्मीका दुई गाउँपालिकालाई राहत सहयोग गर्ने भएको छ।

images
images

दाङको राजपुर गाउँपालिका र गुल्मीको इस्मा गाउँपालिकाका अग्नि प्रभावितलाई १०/१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिएका छन्।

images
images

'आगलागीबाट घर, गोठ, पशुचौपाया र धन सम्पत्ति क्षति बेहोरेका पीडितका लागि उक्त रकम सहयोग गर्ने महानगर विपद् व्यवस्थापन समितिले निर्णय गरेको हो, रकम महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट पठाइने छ' उनले भने।

images
images
images

दाङको राजपुर गाउँपालिका-७ स्थित हाटबास क्षेत्रमा यही बैशाख १६ गते आगलागी हुँदा २५ वटा घर र ३५ वटा गोठ जलेर नष्ट भएका थिए।

साथै बैशाख ८ र ९ गुल्मीको इस्मा गाउँपालिकाका विभिन्न स्थानमा आगलागी हुँदा २८ वटा घर र ५१ वटा गोठ जलेर नष्ट भएको जनाइएको छ। 


प्रकाशित : आइतबार, वैशाख २३ २०८१०९:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend