मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

इकोभर्सिटीज अलायन्सको एसियाली भेला नेपालमा

images
शुक्रबार, वैशाख २१ २०८१
images
images
इकोभर्सिटीज अलायन्सको एसियाली भेला नेपालमा

शिक्षामा वैकल्पिक अभ्यास गरिरहेकाहरूको यस भेला बैशाख २९ गते काठमाडौंस्थित किङ्ग्स कलेजमा हुनेछ भने बाँकी ४ दिन धादिङस्थित रोयल बिच क्याम्पमा हुने आयोजकले जनाएको छ।

images
images

काठमाडौं- इकोभर्सिटीज अलायन्सको एसियाली भेला बैशाख २९ देखि जेठ २ गतेसम्म नेपालमा आयोजना हुने भएको छ।

images
images

शिक्षामा वैकल्पिक अभ्यास गरिरहेकाहरूको यस भेला बैशाख २९ गते काठमाडौंस्थित किङ्ग्स कलेजमा हुनेछ भने बाँकी ४ दिन धादिङस्थित रोयल बिच क्याम्पमा हुने आयोजकले जनाएको छ।

images
images

यस भेला अनकन्फेरेन्स शैलीमा कुनै खाकामा नबाँधिकन सरल रूपमा सञ्चालन हुनेछ। यस भेलालाई संयुक्त रूपमा इकोभर्सिटिज अलायन्स, किङ्ग्स कलेज र कम्युनिभर्सिटी नेपालले आयोजना गर्दैछन्।

images
images
images

इकोभर्सिटिज अलायन्स आजको मूलधारको शिक्षालाई पुनः परिकल्पना गरिनुपर्छ भन्ने उद्देश्यले विभिन्न पहल गरिरहेका विश्वभरिका अभियन्ताहरूको समूह हो। यसमा विभन्न अभ्यासकर्ता संस्था र व्यक्तिहरू आबद्ध छन्।

उनीहरू अहिले संसारमा व्याप्त आर्थिक, राजनीतिक र सामाजिक प्रणालीले  पृथ्वीको विनाश गरिरहेको र मानिसलगायतका अन्य प्राणीमाथि पनि अन्याय भएको मान्दछन्। यसको विकल्पमा उनीहरूले एक अभियानको रूपमा आफूलाई स्थापित गराउन खोजेका छन् जहाँ व्यक्ति, संस्था र समुदाय आफ्नो ज्ञान प्रणाली र सासंकृतिक काल्पनिकीमाथि दावा गरिरहेका छन् र आजको दिनको चुनौती सामना गर्न सिकाइको प्रक्रियालाई पुनः परिकल्पना गरिनु पर्दछ भन्ने कुरामा विश्वास गर्दछन्।

विविध ठाउँ र परिप्रेक्ष्यमा सुरु भए पनि यी विभिन्न सिकाइका पहलहरू हालको शिक्षा प्रणालीको आलोचना गर्दछन् र नयाँ अभ्यास प्रस्तुत गर्दछन्। उनीहरूको अभ्यास दीगो विकासको सोच मात्र होइन पर्यावरणीय, सामाजिक र सांस्कृतिक प्रणालीलाई पुनः उत्पन्न गर्ने सोचबाट निर्देशित रहेको जनाइएको छ।

यस भेला इकोभर्सिटी अलाइन्सका सदस्यहरू र अन्य सहभागीहरूको सिकाइ र अभ्यास साटासाट गर्नमा केन्द्रित हुनेछ। यस भेलामा आवेदन भरेर नेपालमा पनि वैकल्पिक अभ्यास  गरिरहेकाहरू वा त्यस्तो सोच राख्नेहरू सहभागी हुन सक्नेछन्।

यसमा अहिलेसम्म नेपाल लगायत भारत, क्यानडा, इटाली, जापान, थाइलेडं र मेक्सिकोमा सहभागीले आवेदन भरेका छन्।


प्रकाशित : शुक्रबार, वैशाख २१ २०८१२१:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend