मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

उद्योग र उद्यमशीलताको विकासबिना मुलुक समृद्ध बन्दैन : मन्त्री भण्डारी

images
शनिबार, वैशाख २२ २०८१
images
images
उद्योग र उद्यमशीलताको विकासबिना मुलुक समृद्ध बन्दैन : मन्त्री भण्डारी

उनले भने, 'स्थानीय उत्पादन बढाउनु जरुरी छ, कृषिमा आधारित उद्योगलाई बढावा दिने सरकारको नीति पनि हो।'

images
images

अछाम- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली उद्यमीहरुले उत्पादन गरेका वस्तु अन्तर्राष्ट्रिय स्तरमा निर्यात हुने गरि योजना बनाइने बताएका छन्।

images
images

प्रेस चौतारी नेपालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले उद्यमशीलता र रोजगारीबिना मुलुक समृद्ध नबन्ने भएकाले सबैले उद्यम गर्नुपर्नेमा जोड दिए।

images
images

उनले उद्योग र उद्यमशिलताको विकासबिना मुलुकमा समृद्धि नआउने बताए। मन्त्री भण्डारीले ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य पूरा गर्न लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धन र विकासमा सरकार लागेको उल्लेख गरे।

images
images
images

उनले स्थानीय कच्चा पदार्थको प्रयोगबाट सञ्चालित उद्योग र तिनका उत्पादनको प्रवर्द्धन तथा बजारीकरणबाट नै मुलुकमा बढ्दै गएको व्यापार घाटा न्यूनीकरणमा सघाउ पुग्नेसमेत बताए।

उनले स्थानीय उत्पादनमा आधारित उद्यममा जोड दिए। उनले भने, 'स्थानीय उत्पादन बढाउनु जरुरी छ, कृषिमा आधारित उद्योगलाई बढावा दिने सरकारको नीति पनि हो।' रासस


प्रकाशित : शनिबार, वैशाख २२ २०८१११:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend