मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

आगलागी हुँदा २५ लाखभन्दा बढीको क्षति

images
शनिबार, वैशाख २२ २०८१
images
images
आगलागी हुँदा २५ लाखभन्दा बढीको क्षति

स्थानीय बासिन्दा र प्रहरीले आगलागी नियन्त्रणका लागि भगीरथ प्रयास गरे पनि ठगुन्ना परिवारको घर गोठ जोगाउन भने सकेनन्।

images
images

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका-७ का जयदेव ठगुन्नाको घरमा शुक्रबार अपराह्न आगलागी हुँदा २५ लाख रूपैयाँभन्दा बढीको क्षति भएको छ। विद्युत् सर्ट भएर आगलागी हुँदा ठगुन्नाको घरगोठ नष्ट भएको छ।

images
images

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरका अनुसार आगलागी हुँदा तीन वटा बाखा मरेका तथा एउटा भैँसी जलेर मरणासन्न अवस्थामा छ। घरसँगै अन्न, लुगाकपडा, गहना, महत्वपूर्ण कागजपत्र र पाँच लाख रूपैयाँ नगद जलेको प्रहरी निरीक्षक बुढाऐरले बताए।

images
images

स्थानीय बासिन्दा र प्रहरीले आगलागी नियन्त्रणका लागि भगीरथ प्रयास गरे पनि ठगुन्ना परिवारको घर गोठ जोगाउन भने सकेनन्।

images
images
images

'ठगुन्ना परिवारको घर गोठमा आगलागी हुँदा निकै ठूलो क्षति भएको छ', स्थानीय अरुणकुमार सिंहले भने, 'शरीरमा लगाएको लुगाबाहेक पीडित परिवारसँग केही बचेन।'

आगलागी पीडित परिवारलाई नेपाल रेडक्रस उपशाखा झलारीले त्रिपाल, भाँडाकुडा, कपडालगायत सामग्री प्रदान गरेको छ। रासस


प्रकाशित : शनिबार, वैशाख २२ २०८११०:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend