शनिबार, जेठ ५ गते २०८१    
images
images

५० हजार किलोवाट आवर ब्याट्री भएको पूर्णविद्युतीय कन्टेनर पानीजहाज सञ्चालनमा

images
शनिबार, वैशाख २२ २०८१
images
images
५० हजार किलोवाट आवर ब्याट्री भएको पूर्णविद्युतीय कन्टेनर पानीजहाज सञ्चालनमा

यो यात्रा तय गर्न यही क्षमताको परम्परागत कन्टेनर जहाजले इन्धन प्रयोग गर्दा करिब १५ टन इन्धन खपत हुने गरेको छ।

images
images

काठमाडौं- चिनियाँ कम्पनीले पूर्णविद्युतीय कन्टेनर पानीजहाज सञ्चालनमा ल्याएको छ। चीन सरकारको स्वामित्वमा रहेको चाइना ओसियन सिफिङ कम्पनी अर्थात कोस्कोले निर्माण गरेको यो पानीजहाजमा ५० हजार किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ। 

images
images
images

‘विश्वकै ठूलो’ रिभर टू सी पूर्णविद्युतीय कन्टेनर पानीजहाज दाबी गरिएको ग्रिन वाटर ०१ ले १ लाख टनभन्दा बढी भार बोकेर आवतजावत गर्न सक्छ। यो जहाज सार्वजनिक गरेपछि कम्पनीले जल यात्रामा नयाँ बेन्चमार्क कामय भएको दाबी कम्पनीले गरेको छ। 

images

चीनको सांघाइमा केन्द्रीय कार्यालय रहेको कोस्को बहुराष्ट्रिय जलयातायात कम्पनी हो। कोस्को २०१६ मा कोस्टकोको सहायक कम्पनीका रुपमा स्थापना भएको थियो। कोस्को समूह चीन भित्रपनि सामान ओसारपसार गर्ने सिपिङ कम्पनी हो जसले दैनिक सयौँ कन्टेनर गन्तव्य पुर्‍याउँदै आएको छ। 

images
images

कोस्कोले चिनियाँ सवारी उत्पादकहरुले उत्पादन गरेको विद्युतीय कार निर्यातमा समेत सहयोग गर्दै आएको छ। युरोपसहित विश्वका विभिन्न देशमा चिनियाँ विद्युतीय सवारी निर्यात गर्दै आएको छ। 

images
images

समयसँगै कोस्कोले विकास गरेको पूर्णविद्युतीय कन्टेनर पानीजहाज चीनमा औपचारिक रुपमा सञ्चालनमा आएको वीच्याट पोस्टले लेखेको इलेक्ट्रिक डटकोले उल्लेख गरेको छ। विद्युतीय पानीजहाजले प्रदूषण नियन्त्रणका साथै जलयात्रामा नयाँ आयाम ल्याउने अपेक्षा गरिएको छ। 

ग्रिन वाटर ०१ को लम्बाई १ सय १९.८ मिटर, २३.६ मिटर फराकिलो र ९ मिटर अग्लो रहेको छ। यो पानीजहाजको अधिकतम गति १९.४ किलोमिटर प्रतिघण्टा रहेको छ। ५० हजार किलोवाट आवरको ब्याट्री रहेको यो जहाजको आफ्नै तौल १० हजार टनभन्दा बढी रहेको छ भने यसले १ लाख टनभन्दा बढी भार बोकेर यात्रा तय गर्न सक्छ। 

यो विद्युतीय पानीजहाजमा निक्कै ठूलो ब्याट्री प्याक रहेको छ। आवश्यकताअुनसार यो जहाजमा विभिन्न मोडुलमा ब्याट्री प्याक थपसमेत गर्न सकिन्छ। यसमा २० फिटको ब्याट्री बक्स थप गर्ने हो भने १ हजार ६ सय किलोवाट आवर ब्याट्री थप गर्न सकिन्छ। यसरी ब्याट्री थप गर्दा जहाजले दिने रेन्ज बढेर अझ टाढा जान सजिलो हुनेछ। 

ग्रिन वाटर ०१ मा रहेको २४ वटा ब्याट्री बक्स रहेको र यो विद्युतीय जहाजले एक ट्रिप गर्दा ८० हजार किलोवाट आवर ऊर्जा खप गर्ने यो जहाजका क्याप्टेन वाङ जुनले बताएका छन्। यो यात्रा तय गर्न यही क्षमताको परम्परागत कन्टेनर जहाजले इन्धन प्रयोग गर्दा करिब १५ टन इन्धन खपत हुने गरेको छ। 

कोस्कोले ग्रिन वाटर ०१ चल्दा हरेक १ सय नटिकल माइल यात्रा गर्दा ३ हजार ९ सय किलो इन्धन खपत गरिरहेको छ। त्यस्तै यसले १२.४ टन कार्बनडाइअक्साइड उत्सर्जन हुनबाट जोगाएको छ। सफल सार्वजनिक गरिएको ग्रिन वाटर ०१ ले सांघाइदेखि नान्जिङसम्मको एक साता लामो यात्रा तय गरिसकेको छ। 


प्रकाशित : शनिबार, वैशाख २२ २०८१११:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend