शनिबार, साउन १२ गते २०८१    
images
images
images

काठमाडौं महानगरको सीप मेलामा यसरी तालिम लिँदै छन् युवा [तस्बिरहरू]

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख २१ २०८१
images
images
काठमाडौं महानगरको सीप मेलामा यसरी तालिम लिँदै छन् युवा [तस्बिरहरू]

तालिममा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान), नेपाल उद्योग परिसंघ (सीएनआइ), नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ (एफपी टीइएन), ग्लोकल, सिप्रदी ट्रेडिङ र सीसीटिभी स्टेशन एण्ड स्मार्ट होमसँग तालिम सञ्चालन गर्न सहकार्य भएको छ।

images

काठमाडौं- काठमाडौं महानगरपालिकाले गएको बुधबारदेखि टुँडिखेलमा आयोजना गरेको ‘सीप मेला’ मा युवाको आकर्षण बढेको छ। 

images
images

‘शिक्षालाई सीपसँग’, ‘सीपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सीप नहुनेलाई सीपयुक्त बनाउनु, सीप भएकालाई रोजगार तथा स्वरोजगार बनाउने उद्देश्यका साथ महानगरले आयोजना गरेको एक महिने मेलामा मोबाइल, कम्प्युटर, प्लम्बिङ, हेयर कटिङ, डिजिटल मार्केटिङ, ब्युटी ट्रेनिङ, टेलरिङजस्ता विभिन्न क्षेत्रमा तालिम दिएको छ। 

images

सीपयुक्त जनशक्तिको माग र आपूर्तिका बिचमा अहिले देखिएको खाडल घटाउने तालिमको उद्देश्य हो। 

तालिममा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान), नेपाल उद्योग परिसंघ (सीएनआइ), नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ (एफपी टीइएन), ग्लोकल, सिप्रदी ट्रेडिङ र सीसीटिभी स्टेशन एण्ड स्मार्ट होमसँग तालिम सञ्चालन गर्न सहकार्य भएको छ।

images

तालिम कार्यक्रममा रोजगारदाता (सरकारी, गैरसरकारी, निजी, उद्योग तथा वाणिज्य क्षेत्र, दातृ निकाय), शैक्षिक क्षेत्र (विद्यालय, विश्वविद्यालय र तालिम प्रदायक संघ संस्था), सामाजिक क्षेत्र सबै एकै ठाउँ छन्। 

mahanagar seep mela  (2).jpg

सीप विकासका लागि महानगरपालिकाले सञ्चालन गरेका अरु पनि तालिमका कार्यक्रम छन्। सामुदायिक विद्यालयको कक्षा ९ र १० मा ‘पुस्तकरहित शुक्रबार’ कार्यक्रमअन्तर्गत छोटो अवधिको सीपमूलक तालिम सञ्चालन हुन्छ। महानगर गौरव योजनाअन्तर्गत ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रममा ३४ भन्दा धेरै पेशाका सीपमूलक तालिम छन्।

‘साइबर सेक्युरिटी’ मा ४ हजार व्यक्ति तालिम प्रदान गरिँदैछ। नजानेकालाई सीप सिकाउने, सीपको आधारभूत तालिम लिएकालाई स्तरोन्नति गराएपछि बजारमा सीपयुक्त जनशक्ति उपलब्ध हुनेछ। यी सबै कार्यक्रमबाट उत्पादन भएका जनशक्तिहरुलाई ‘सीप मेला’ मा रोजगारदाताहरुसँग सम्पर्क गराउनु मेला आयोजनाको अर्को उद्देश्य हो। 

mahanagar seep mela  (3).jpg

व्यावसायिक सीपका विषयमा जागरण सिर्जना हुने, समुदाय स्तरमा तालिम सञ्चालनको वातावरण निर्माण हुने, रोजगारी र उद्यमशीलताका लागि युवाहरुमा क्षमता विकास हुने अपेक्षा गरिएको महानगरले जनाएको छ। 

सीप मेलामा तालिमका लागि १० वटा क्षेत्र निर्धारण गरिएका छन्। क्षेत्रभित्र २९ प्रकारका पेशागत तालिम भइरहेको छन्। मागका आधारमा थप क्षेत्र र पेशा थप गर्ने योजना छ। 

सुरु गर्न लागिएका तालिममध्ये अटो मोवाइल्स एउटा क्षेत्र हो। यसभित्र अटो इलेक्ट्रिक, अटो एअर कन्डिसन, मोटरवाइक र स्कुटर रिपेयर (इभी), इलेक्ट्रिकल कार रिपेयर (ईभी) विषय छन्। 

mahanagar seep mela  (4).jpg

दोस्रो निर्माण क्षेत्र हो। यसमा सिकर्मी, टाइल एण्ड मार्वल फिटर, इलेक्ट्रिसियन र प्लम्बिङ् तालिम भइरहेको छ। हस्पिटालिटी एण्ड म्यानेजमेन्ट विधा तेस्रो हो। यसमा वारिस्ता, फुड एण्ड कुक, वेकरी, वार टेन्डिङ् र वेटर/वेट्रेस प्रशिक्षण भइरहेको छ। 

सूचना प्रविधि (इन्फरमेसन एण्ड टेक्नोलोजी) चौथो क्षेत्र हो। यसमा डिजिटल मार्केटिङ्, ग्राफिक्स डिजाइनिङ, कम्प्युटर हार्डवेयर एण्ड नेटवर्किङ, सीसीटिभी क्यामरा विषय राखिएका छन्। मेकानिकलमा वेल्डिङ र रेफ्रिजेरेटर एण्ड एसी टेक्निसियनको तालिम भइरहेको छ। आर्ट एण्ड कल्चरमा आर्ट एण्ड स्कप्चरको प्रशिक्षण भइरहेको छ।

mahanagar seep mela  (5).jpg
mahanagar seep mela  (6).jpg
mahanagar seep mela  (8).jpg
mahanagar seep mela  (9).jpg
mahanagar seep mela  (10).jpg
mahanagar seep mela  (11).jpg
mahanagar seep mela  (12).jpg
mahanagar seep mela  (15).jpg
mahanagar seep mela  (16).jpg
mahanagar seep mela  (19).jpg

तस्बिरहरू- नेपाल फोटो लाइब्रेरी


प्रकाशित : शुक्रबार, वैशाख २१ २०८११५:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend