काठमाडौं- नेपाली बजारमा धुनको मूल्यमा प्रतितोला एक हजार एक सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ३६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबारका लागि १ लाख ३५ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ।
यस्तै, तेजाबी सुन बिहीबार तोलामा १ लाख ३५ हजार ८ सय ५० मा कारोबार भएकामा आज शुक्रबारका लागि भने १ लाख ३४ हजार ७ सय ५० रुपैयाँ निर्धारण भएको छ।
चाँदीको मूल्यमा भने परिवर्तन भएको छैन। बिहीबार जस्तै आज शुक्रबारका लागि चाँदीको मूल्य तोलामा १ हजार ६ सय ४५ रुपैयाँ निर्धारण भएको छ।