बुधबार, असार १८ गते २०८२    
बुधबार, असार १८ २०८२
images
images

हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्ज हुने निश्चित, रोक्का भएको २८ करोड कित्ता सेयर कारोबार कहिले खुल्छ? 

images
सोमबार, पुस ५ २०७८
images
images
हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्ज हुने निश्चित, रोक्का भएको २८ करोड कित्ता सेयर कारोबार कहिले खुल्छ? 
images
images

काठमाडौं- हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक बल्ल मर्ज हुने भएका छन्। मर्जरको सम्झौता भए पनि विवाद भएपछि प्रक्रिया रोकिँदा लाखौँ सेयर लगानीकर्ताहरू कारोबार गर्नबाट बञ्चित बनेका थिए।

images
images

आइतबार हिमालयन बैंकको सञ्चालक समितिले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने प्रस्ताव पास गरेको छ। दुई बैंकको मर्जपछि मात्रै सेयर कारोबार खुला हुने छ। दुई बैंकको झन्डै २८ करोड कित्ता कारोबार महिनौँदेखि रोक्का छ। दुई बैंककाे मर्जपछि नेप्सेमा एचएनआईबी नामबाट काराेबार हुने छ।

images
images

बैंक सञ्चालक समितिको बैठकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने प्रस्ताव पास गर्दै साधारणसभा बोलाउने निर्णय समेत गरेको छ। हिमालयनको १० करोड ६८ लाख ४४ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत छ। भने १० अर्ब ६८ करोड रुपैयाँ चुक्तापुँजी समेत बैंकको रहेको छ।

images
images
images

नेपाल इन्भेष्टमेन्ट बैंकको १६ करोड २५ लाख कित्ता नेप्सेमा सूचीकृत रहेको छ। बैंकको चुक्तापुँजी १६ अर्ब २५ करोड रुपैयाँ रहेको छ। दुई बैंक मर्जभएपछि सवैभन्दा ठूलो बैंकको रुपमा कारोबार गर्ने छ। मर्जपछि बैंकको चुक्तापुँजी २८ अर्ब हुनेछ। 

हिमालयन बैंकलेले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट २६ प्रतिशत लाभांश दिने निर्णय गरिसकेको छ। नेपाल राष्ट्र बैंकले हिमालयन बैंकलाई वार्षिक प्रतिवेदन स्वीकृत गर्दा नेपाल इन्भेष्मेन्ट बैंकसँग मर्जरमा गएमात्र पाउने शर्त राखेको थियो। इन्भेष्टमेन्ट बैंकले १५ प्रतिशत लाभांश दिएको छ। 

हिमालयन बैंकले अब नियमित साधारणसभा र इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गर्नको लागि विशेष साधारणसभा बोलाउने भएको हो। नेपाल इन्भेष्टमेन्ट बैंकले भने हिमालयन बैंकसँग मर्जरमा जानको लागि विशेष साधारणसभा बोलाउने छ।


प्रकाशित : सोमबार, पुस ५ २०७८०५:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend