मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख २० २०८१
images
images
सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
फाइल तस्बिर

बैठकमा समिति सदस्यहरूले सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई थप परिमार्जन गर्ने सम्बन्धमा सुझाव व्यक्त गरेका थिए।

images
images

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई अघि बढाउन आग्रह गरेकी छिन्। 

images
images

प्रतिनिधिसभाको शिक्षा, स्वस्थ्य तथा सूचना प्रविधि समितिमा भएको छलफलमा मन्त्री शर्माले राष्ट्रियसभाबाट पारित भएको विधेयकलाई आवश्यक सुधारसहित पारित गर्न समिति सदस्यहरूलाई आग्रह गरिन्। 

images
images

मन्त्री शर्माले विधेयकमा तत्काल नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकरण गरी सार्वजनिक प्रसारण सेवा बनाइने व्यवस्था रहेका भन्दै सो विधेयक विगतको पृष्ठभूमिका आधारमा तयार गरिएको र थप समृद्ध बनाउन जरूरी रहेको धारणा राखिन्। 

images
images
images

त्यस्तै मन्त्रालयका सचिव रामकृष्ण सुबेदीले विगतमा समितिको प्रतिवेदन र सरकारको नीतिका आधारमा नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकरण गरेर सार्वजनिक प्रसारण सेवा बनाइने व्यवस्था गरिएको बताए।

बैठकमा समिति सदस्यहरूले सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई थप परिमार्जन गर्ने सम्बन्धमा सुझाव व्यक्त गरेका थिए। रासस


प्रकाशित : बिहीबार , वैशाख २० २०८११८:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend