आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

कर्जा दुरुपयोग गरेका व्यवसायी राजेन्द्र खेतानलाई राष्ट्र बैंकले गरायो १० लाख जरिबाना

images
बिहीबार , वैशाख २० २०८१
images
कर्जा दुरुपयोग गरेका व्यवसायी राजेन्द्र खेतानलाई राष्ट्र बैंकले गरायो १० लाख जरिबाना

अनसाइड तथा अफसाइड सुपरिवेक्षणका क्रममा राजेन्द्र खेतानले बैंकबाट कर्जा दुरुपयोग गरेको देखिएकाले राष्ट्र बैंकले १० लाख रुपैयाँ जरिबाना गराएको हो।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकका संस्थापक राजेन्द्र कुमार खेतानलाई १० लाख रुपैयाँ जरिबाना गराएको छ। 

images
images
images

साविकको लक्ष्मी बैंकको संस्थापक लगानीकर्ता रहेका खेतानले ऋणी पंकज झुनझुनवालाको नाममा प्रवाह गरेको १२ करोड रुपैयाँ कर्जामध्ये ११ करोड ४४ लाख रुपैयाँ आफ्नो खातामा ट्रान्सफर गरी कर्जा दुरुपयोग गरेको भन्दै राष्ट्र बैंकले जरिबाना गराएको हो। 

images
images

साविकको लक्ष्मी बैंकका अध्यक्ष खेतानले राष्ट्र बैंकको निर्देशन विपरीत झुनझुनवालाको खातामा रकम ट्रान्सफर गरी सेयरमा लगानी गरेको तथ्य बाहिर आएपछि राष्ट्र बैंकको सुपरिवक्षेण विभागको अनुसन्धान गरेको थियो। 

images
images

विभागले गरेको अनसाइड तथा अफसाइड सुपरिवेक्षणका क्रममा राजेन्द्र खेतानले बैंकबाट कर्जा दुरुपयोग गरेको देखिएकाले राष्ट्र बैंकले १० लाख रुपैयाँ जरिबाना गराएको हो।   

साविकको लक्ष्मीबाट प्रवाह भएको कर्जा बैंकको सेयरधनीको खातामा ट्रान्सफर भएको देखिएको, उक्त कर्जाको दुरुपयोग भएको जानकारी भएपनि समयमा नै अनुगमन नगरेको भन्दै बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई समेत राष्ट्र बैंकले सचेत गराएको छ। 


प्रकाशित : बिहीबार , वैशाख २० २०८११४:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend