शुक्रबार, जेठ ४ गते २०८१    
images
images

८ महिनामा अर्घाखाँची सिमेन्टको ३ अर्ब ३६ करोडको व्यापार, आईपीओ जारी गर्दै

images
बिहीबार , वैशाख २० २०८१
images
images
८ महिनामा अर्घाखाँची सिमेन्टको ३ अर्ब ३६ करोडको व्यापार, आईपीओ जारी गर्दै

अर्घाखाँची सिमेन्टले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा नै आईपीओ निष्कासन गर्ने तयारी गरेको हो।

images
images

काठमाडौं- चालु आर्थिक वर्षको ८ महिनामै अर्घाखाँची सिमेन्टले ३ अर्ब ३६ करोड रुपैयाँ बराबरको व्यापार गरेको छ। 

images
images
images

गएको दुईवर्षयता भारततर्फ समेत सिमेन्ट निर्यात गरिरहेको अर्घाखाँचीले गतवर्ष ५ अर्ब ७७ करोड रुपैयाँको व्यापार गरेको थियो। यस वर्ष भने ८ महिनामा नै ३ अर्ब ३६ करोड रुपैयाँको व्यापार गरेकाले आगामी ४ महिनामा ६ अर्ब हाराहारीमा व्यापार गर्ने अपेक्षा लिएको छ।

images

कम्पनीले इक्रा नेपालमार्फत रेटिङ गराएसँगै अब लामो अवधिका लागि २७ अर्ब ८३ करोड रुपैयाँ कर्जा लिने भएको छ। यस्तै यस कम्पनीले चालु पुँजीकर्जा १८ अर्ब ४९ करोड रुपैयाँका लागि रेटिङ गराएको छ। 

images
images

कम्पनीले लिन लागेको आवधिक कर्जाका लागि इक्राले 'डबल बी' रेटिङ दिएको छ भने चालु पुँजीकर्जाका लागि 'ए फोर प्लस' रेटिङ दिएको छ। 

images
images

चालु आर्थिक वर्षको ८ महिनामा कम्पनीको कर्जा पुँजी अनुपात ०.९५ रहेको छ। यस अवधिमा कम्पनीको इन्ट्रेष्ट कभरेज अनुपात १.६८ प्रतिशत र चालु अनुपात १.६२ प्रतिशत रहेको छ। 

सन् २०२२ मा कम्पनीको आम्दानी २४ प्रतिशत र २०२३ मा २३ प्रतिशतले घटेको छ। सन् २०२१ मा कम्पनीको सञ्चालन नाफा २३ प्रतिशत रहेकोमा २०२३ मा घटेर ७ प्रतिशतमा सीमित भएको छ। 

अर्घाखाँची सिमेन्ट उद्योगमा मुख्य रुपमा सिद्धार्थ ग्रुप, केडिया अर्गानाइजेसन र मुरारका ग्रुपको लगानी रहेको छ। सिद्धार्थ ग्रुपको ३५ प्रतिशत, मुरारका ग्रुपको ३० प्रतिशत र केडिया अर्गानाइजेनसको १७.५ प्रतिशत लगानी रहेको छ।

यससँगै अर्घाखाँची सिमेन्टले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा नै आईपीओ निष्कासन गर्ने तयारी गरेको हो। आईपीओ निष्कासनका लागि कम्पनीले बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ। 


प्रकाशित : बिहीबार , वैशाख २० २०८११२:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend