काठमाडौं- नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ३४ हजार ५ सयमा कारोबार भएको छापावाला सुन बिहीबार लागि १ लाख ३६ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।
यस्तै बुधबार १ लाख ३३ हजार ८ सय ५० मा कारोबार भएको तेजाबी सुन आजका लागि भने १ लाख ३५ हजार ८ सय ५० निर्धारण भएको छ।
चाँदीको मूल्य तोलामा १५ रुपैयाँले वृद्धि भएको छ। बुधबार प्रतितोला एक हजार ६ सय ३० मा कारोबार भएको चाँदी बिहीबारका लागि भने एक हजार ६ सय ४५ रुपैयाँ निर्धारण भएको छ।