मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

रोजाइको पेय बनिरहेको छ रामेछापमा जुनारको जुस

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख २० २०८१
images
images
रोजाइको पेय बनिरहेको छ रामेछापमा जुनारको जुस

कात्तिकदेखि मङ्सिर पुससम्म जुनारको सिजनमा कृषकसँग बगैँचा नै खरिद गरेर त्यसलाई प्रशोधन गरी झोल बनाएर राख्ने अनि फागुनदेखि असोजसम्म आवश्यक कच्चा पदार्थको प्रयोग गरी स्क्वास बनाएर बिक्री हुँदै आएको छ।

images
images

रामेछाप- गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ। स्थानीय उत्पादन यहाँका होटल तथा पसलमा मात्र होइन यहाँ आउने जोकोहीले कोसेलीका रूपमा पनि खरिद गर्न थालेका छन्। 

images
images

विशेष गरी काठमाडौँ र तराईका विभिन्न जिल्लामा कोसेलीका रुपमा लैजानका लागि बढी बिक्री हुने गरेको यो जुस  जिल्लाका दुईवटा उद्योगबाट  दैनिक रु तीन लाख पचास हजार बराबरको बिक्री हुने गरेको उत्पादकहरूले बताएका छन्।

images
images

जिल्लामा निजी क्षेत्रका डिलक्स एग्रो फरेस्ट्री प्रडक्ट  र मन्थली डिलक्स एग्रो फरेस्ट्रीले ‘स्क्वास’ बनाएर बिक्री गरेका छन्। दुवै कम्पनीले अलावा, कागती, किवी, अमला र बेलका जुस पनि उत्पादन गर्दै आएका छन्।

images
images
images

जिल्लामा जुनारको स्क्वास प्रतिलिटर एक सय ५० किवीको प्रतिलिटर दुई सय रुपैयाँमा बिक्री हुने गरेको छ। एक भागमा चार भाग पानी मिसाएर पिउनुपर्ने स्क्वास रामेछाप जिल्ला सदरमुकाम  मन्थलीका साथै जिल्लाका विभिन्न बजार केन्द्र, सिन्धुलीको खुर्कोटलगायत विभिन्न बजार, दोलखा, ओखलढुङ्गा, काठमाडौँ, ललितपुर भक्तपुर र तराईका जिल्लामा कोसेलीका रुपमा लैजाने गरिएको र दैनिकरुपमा दुवै कम्पनीबाट गरी तीन लाख ५० हजारको बिक्री हुने गरेको डिलक्स एग्रो फरेस्ट्री प्रालि रामेछापका सञ्चालक रामबाबु गिरीले बताए।  

त्यसैगरी गर्मीको समयमा चिया पिउनेको भन्दा बढी जुस पिउने आफ्नो कम्पनीमा आइर जुस खाने र किनेर लैजाने गरेको मन्थली डिलक्स एग्रो फरेस्ट्री प्रालि रामेछापका सञ्चालक  लोकेन्द्र श्रेष्ठले बताए। उनले भने, 'मल्टिनेसनल कम्पनीबाट उत्पादित कोक फेन्टाजस्ता पेय पदार्थलाई निरुत्साहित गरी स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न राज्यले सहयोग गरेका बिक्री अझ बढ्ने थियो तर आफूजस्ता युवा उद्यमीलाई राज्यले कुनै सहयोग गरेको छैन।'
  
मन्थली नगरपालिकाका नगर प्रमुखले भने युवा उद्यामीलाई बैंकसँग समन्वय गराइदिएर बिना धितोमा वा मुनासिब ब्याजमा उद्यम कर्जाका लागि सिफारिस गर्ने गरेको बताए।

कात्तिकदेखि मङ्सिर पुससम्म जुनारको सिजनमा कृषकसँग बगैँचा नै खरिद गरेर त्यसलाई प्रशोधन गरी झोल बनाएर राख्ने अनि फागुनदेखि असोजसम्म आवश्यक कच्चा पदार्थको प्रयोग गरी स्क्वास बनाएर बिक्री हुँदै आएको छ। स्थानीयस्तरमा पाइने जुनार, कागती, किवी अमला, बेलको झोलबाट स्क्वास बनाउने गरिएको छ।  

गर्मी बढेसँगै जिल्लामा यसको राम्रो व्यापार हुने गरेको स्थानीय व्यवसायी चन्द्रबहादुर श्रेष्ठले बताए। स्थानीयस्तरमा उत्पादित जुनार, अमला कागती, किवी, बेलजस्ता वस्तुको स्क्वास बनाएर  यहाँका किसान लाभान्वित भएका छन्। यसबाट स्थानीयलाई रोजगारीको अवसर मिल्ने तथा  यस्ता उत्पादनको प्रवर्द्धनका लागि सम्बन्धित निकायले पहल गर्नुपर्ने कृषि व्यवसायी गुञ्ज कार्की बताउँछन्। रासस


प्रकाशित : बिहीबार , वैशाख २० २०८११०:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend