काठमाडौं- रिलायन्स फाइनान्सले चारवर्ष यताकै धेरै लाभांश घोषणा गरेको छ। फाइनान्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १५.७९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट १५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित १५.७९ प्रतिशत लाभांश अघिल्लो ४ वर्षयताकै उच्च हो।