शनिबार, साउन १२ गते २०८१    
images
images
images

बेथानचोकमा तीन अर्ब रुपैयाँ लगानीमा केबलकार निर्माण हुँदै

गाउँपालिका गौरवको आयोजना, पीपीपी मोडलमा निर्माण हुने

images
बुधबार, वैशाख १९ २०८१
images
images
बेथानचोकमा तीन अर्ब रुपैयाँ लगानीमा केबलकार निर्माण हुँदै

ढुंखर्क, नारायणस्थान, च्यासिंङखर्क र भुग्देउ महांकालजस्ता स्थान रहेको बेथानचोक गाउँपालिकामा केबलकारलाई गौरवको आयोजना रुपमा अगाडि सारिएको वडाध्यक्ष ढकालले बताए।

images

काठमाडौं- काभ्रेको बेथानचोकमा केबलकार निर्माण हुने भएको छ। बेथानचोक गाउँपालिकाकै अग्रसरतामा अघि बढाउन लागिएको केबलकार परियोजना सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण गर्न लागिएको हो। 

images
images

समुद्री सतहबाट ३ हजार १८ मिटर अग्लो स्थानमा रहेको बेथानचोक नारायण मन्दिरसम्म केबलकार निर्माण गरिनेछ। उक्त मन्दिर महाभारत पर्वत श्रृंखलामध्ये काभ्रेको सबैभन्दा अग्लो र श्रृंखलाभरमा चौधौँ अग्लो श्रृंखलामा रहेको छ। बेथानचोक अहिले पनि आन्तरिक पर्यटकका लागि रोजाइको गन्तव्यमा परिरहेको छ। 

images

भूगोलको हिसाबले पनि निकै अग्लो स्थानमा रहेको यो ठाउँमा राजधानी काठमाडौंदेखि ४५ किलोमिटरको दुरी पार गरेपछि पुगिन्छ। काठमाडौंदेखि ढुङ्खर्कसम्म बसमा सजिलै जान सकिन्छ। बेथानचोक गाउँपालिकाको ढुङ्खर्क बजारबाट करिब तीन घण्टा हिँडेरै नारायणस्थान मन्दिरमा पुग्न सकिन्छ। आफ्नै साधन हुनेहरू भने देउराली चौरमा साधन राखी करिब ४५ मिनेट पैदल हिँडेपछि सो डाँडामा पुग्न सक्छन्।

बेथानचोक गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष कुबेर ढकाल अहिले केबलकार निर्माणका लागि सक्रिय भएर लगानी जुटाउन लागेका छन्। ‘अहिले लगानी जुट्ने अन्तिम तयारीमा छ, अब निर्माणको प्रक्रिया अगाडि बढाउनका लागि टेन्डर प्रक्रियामा जान लागेका छौँ,’ वडा अध्यक्ष ढकालले भने।

images

ढुंखर्क, नारायणस्थान, च्यासिंङखर्क र भुग्देउ महांकालजस्ता स्थान रहेको बेथानचोक गाउँपालिकामा केबलकारलाई गौरवको आयोजना रुपमा अगाडि सारिएको वडाध्यक्ष ढकालले बताए।

पर्यटन क्षेत्रको विकासका लागि सुरु गर्न लागिएको केबलकारका लागि ३ अर्ब ७ करोड रुपैयाँभन्दा बढी लगानी हुने अनुमान गरिएको छ। ५ हजार ७ सय ८ मिटर लामो दुरीमा रहने केबलकारमा १० वटा टावर रहने छ। केबलकारमा १९ गोन्डुला हुने छ। २ हजार १ सय ८६ मिटर उचाइबाट सुरु हुने केबलकारको टप बटम भने २ हजार ८ सय ७९ मिटर उचाइमा रहने छ। केबलकारमा समय ९ मिनेट ४० सेकेन्ड लाग्नेछ।

केबलकारबाट वार्षिक ९६ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्यसमेत राखिएको छ। सन् २०२२ मै विस्तृत अध्ययन (डीपीआर) सम्पन्न गरिएको आयोजनामा अब निर्माण अघि बढ्ने अपेक्षा गरिएको गाँउपालिकाका इन्जिनियर ज्ञानप्रसाद तिमिल्सिना बताउँछन्।

गाउँपालिकाले सरकारले गरेको तेस्रो लगानी सम्मेलनमा समेत केबलकार परियोजना सोकेस गरिएको थियो। सम्मेलनमा धेरै लगानीकर्ताले चासो दिएको र अब लगानी बोर्डले आह्वान गरेको आशयपत्रमा आवेदन परेपछि मात्रै लगानीकर्ता तय हुने अपेक्षा गााउँपालिकाको छ।

केबलरका निर्माण हुने स्थानबाट महाभारत श्रृंखालासँगै दर्जनौँ हिमालहरू पनि हेर्न सकिने भएकोले पनि पर्यटकका लागि सहज हुने अनुमान गरिएको छ।

बेथानचोक गाउँपालिकाको ढुङ्खर्कबाट पैदल हिँडेर तीन घण्टामा पुग्न सकिने नारायणस्थान डाँडाले भविष्यमा राम्रै पर्यटकीय गन्तव्य बन्ने सम्भावना बोकेको छ। वरिपरि स्टिलको बारले घेरी बीचबीचमा उभिएर दृश्यावलोकन गर्न सकिने बनाइएको यस ठाउँमा उभिएर हेर्दा वारिपारि छर्लङ्‌ग देखिने चट्टाने ढुंगा, कुनै सुगाको ठोँड जस्तो देखिने, कुनै पर्वत जस्तो देखिने तलतिर गाउँ बस्ती हेरिरहुँ जस्तो देखिन्छ।

नारायणस्थान डाँडाबाट नजिकै देखिने सूर्योदय र सूर्यास्त दृश्यावलोकन गर्न पाइने हुनाले पनि आन्तरिक पर्यटक विशेषगरी रात बस्ने गरी जाने गरेको पनि स्थानीय बासिन्दा बताउँछन्।

मन्दिर जाने बाटोमा विभिन्न प्रकारका लालीगुराँसले स्वागत गरेको पाइन्छ। मन्दिरको दर्शन गर्नाले मनले चिताएको पूरा हुने जनविश्वास रहेको छ। यो मन्दिरमा विशेष गरी फागुपूर्णिमामा ठूलो मेला लाग्ने गर्छ। उक्त मन्दिरमा जंगलै जंगलको बाटो हुँदै माथि डाँडोमा जानुपर्छ।

छिनमै ड्याम्म तुवाँलेले ढाक्ने र छिनमै तुवाँलो हटेर छर्लङ्‌ग वारिपारि तलमाथिका रमणीय वनपाखा, बाटैभरि ढकमक्क फूलेका लालीगुराँस देख्दा त्यहाँ पुग्ने जो कोहीको पनि मन नलोभिने कुरै भएन।


प्रकाशित : बुधबार, वैशाख १९ २०८११७:५६
  • सम्बन्धित विषय:

  • # तेस्रो लगानी सम्मेलन


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend