मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

सुनको मूल्य एकैदिन प्रतितोला २ हजार ७ सय रूपैयाँ घट्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख १९ २०८१
images
images
सुनको मूल्य एकैदिन प्रतितोला २ हजार ७ सय रूपैयाँ घट्यो

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार २ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार ५ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

images
images

काठमाडौं- बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य बुधबार प्रतितोला २ हजार ७ सय रूपैयाँले घटेको हो। 

images
images

बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार ५ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३३ हजार ८ सय ५० रूपैयाँ तोकिएको छ। 

images
images

मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार २ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार ५ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

images
images
images

त्यसैगरी बुधबार चाँदीको मूल्य पनि घटेको छ। बुधबारका लाथि चाँदी प्रतितोला १६ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १६ सय ५० रूपैयाँमा कारोबार भएको थियो। 

मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला २० रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


प्रकाशित : बुधबार, वैशाख १९ २०८११२:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend