मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

गैरकानूनी बाटोबाट रोजगारीमा नजान दूतावासको आग्रह

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख १९ २०८१
images
images
गैरकानूनी बाटोबाट रोजगारीमा नजान दूतावासको आग्रह
फाइल तस्बिर

दूतावासले मंगलबार जारी गरेको सूचनामा नेपालीलाई आकर्षक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने र अलपत्र पार्ने काममा संलग्नहरूमा केही नेपाली र केही विदेशीसमेत रहेका जानकारी प्राप्त भएको जनाएको छ।

images
images

काठमाडौं- इस्लामावादस्थित नेपाली राजदूतावासले किर्गीस्तानमा आकर्षक रोजगारीको प्रलोभन देखाएर केही समययता धेरै नेपाली ठगिएका तथा त्यहाँ पुगेकाहरू अलपत्र परेका जनाउँदै वैदेशिक रोजगारीका निम्ति कानूनी बाटोमात्र प्रयोग गर्न सम्बद्ध सबैमा अनुरोध गरेको छ।

images
images

दूतावासले ठगीमा परेकामध्ये केहीलाई किर्गीस्तानको बाटो प्रयोग गरी अन्य मुलुकमा पठाउने आश्वासन दिइएको जानकारी प्राप्त भएको बताउँदै अलपत्र परेकामध्ये केहीलाई उद्धार गरी नेपाल फर्काइएको, केही फर्कने क्रममा रहेका तर त्यहाँ नेपाली पुग्ने क्रम नरोकिएकामा चिन्ता व्यक्त गरेको छ।

images
images

दूतावासले मंगलबार जारी गरेको सूचनामा नेपालीलाई आकर्षक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने र अलपत्र पार्ने काममा संलग्नहरूमा केही नेपाली र केही विदेशीसमेत रहेका जानकारी प्राप्त भएको जनाएको छ। 

images
images
images

'यसरी गलत प्रलोभनमा नेपाली नागरिकलाई विदेश पुर्याएर अलपत्र पार्ने  गैरकानूनी काममा संलग्न हुने व्यक्ति/समूहले प्रचलित कानूनको सामना गर्नुपर्ने हुन्छ। ठगी गर्ने गिरोहको प्रलोभनमा नफस्न र वैदेशिक रोजगारीमा जानका लागि नेपाल सरकारले व्यवस्था गरेको स्थापित र कानूनी बाटोमात्र प्रयोग गर्नुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ,' सूचनामा भनिएको छ। रासस


प्रकाशित : बुधबार, वैशाख १९ २०८१११:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend