मंगलबार, जेठ ८ गते २०८१    
images
images

घट्यो डिजेल र मट्टितेलको मूल्य, हवाई इन्धनको बढ्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख १८ २०८१
images
images
घट्यो डिजेल र मट्टितेलको मूल्य, हवाई इन्धनको बढ्यो
images
images

काठमाडौं- नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने हवाई इन्धनको मूल्य बढाएको छ। 

images
images
images

मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाएको हो।

images

निगमले डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १ सय ५६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १ सय ५८ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १ सय ५९ रुपैयाँ तोकेको छ।

images
images

हवाई इन्धनमा भने मूल्य बढाएको छ। निगमकाअनुसार आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ७ (सात) ले वृद्धि गरेको छ।

images
images

नयाँ मूल्य सूची बुधबार बिहान १ बजेदेखि लाग हुने निगमले जनाएको छ। निगमकाअनुसार पेट्रोल र एलपी ग्यासको बिक्री मूल्य यथावत रहेको छ। 

इनमडियन आयल कर्पोरेशनबाट मंगलबार पेट्रोल र डिजेलको मूल्यमा घटेर तथा हवाई इन्धनको मूल्य बढेर आएको थियो। सोहीअनुसार निगमले मूल्य समायोजन गरेको हो।


प्रकाशित : मंगलबार, वैशाख १८ २०८११०:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend