बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

लगानी सम्मेलनपछि नेपाल र भारतका व्यवसायीहरूले गरे 'इन्डिया-नेपाल बीटूबी मिट’

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख १८ २०८१
images
लगानी सम्मेलनपछि नेपाल र भारतका व्यवसायीहरूले गरे 'इन्डिया-नेपाल बीटूबी मिट’

बीटूबी बैठकमा नेपाल-भारत उद्योग वाणिज्य संघ र एमआईसीसीआईएबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भयो।

images
images

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल लगानी बोर्ड र नेपाल-भारत उद्योग वाणिज्य संघसँगको सहकार्यमा काठमाडौंमा आज मंगलबार ‘पोस्ट इन्भेष्टमेन्ट समिट इन्डिया-नेपाल बीटूबी मिट’ को आयोजना गरेको छ। 

images
images
images

ऊर्जा, कृषि, निर्माण, पर्यटन, कोल्ड चेन, मेडिकल उपकरण, वित्त, परामर्श र कानून क्षेत्रलाई समेट्दै सो बैठकमा मिलेनियम इन्डिया इन्टरनेसनल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एमआईसीसीआईए) र नेपाल-भारत उद्योग वाणिज्य संघका ३५ जना प्रतिनिधिले सहभागीता जनाएका थिए। 

images
images

उक्त बीटूबी बैठकमा नेपाल-भारत उद्योग वाणिज्य संघ र एमआईसीसीआईएबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भयो।

images
images

कार्यक्रममा बोल्दै नेपाल-भारत उद्योग वाणिज्य संघकी अध्यक्ष सृजना राणाले भारतीय र नेपाली व्यापारीबीच सहकार्यका लागि जलविद्युत, पर्यटन र कृषि सम्भावना बोकेको क्षेत्रको रुपमा रहेको बताइन्।

मिलेनियम इन्डिया इन्टरनेसनल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एमआईसीसीआईए) का अध्यक्ष राजदूत अनिल त्रिगुनायतले पछिल्लो द्विपक्षीय कनेक्टिभिटी पहलको सराहना गर्दै भारत-नेपाल आर्थिक साझेदारीलाई अघि बढाउन बीटूबी कनेक्सनको महत्व रहेको बताए।

लगानी बोर्डका उपसचिव रमेश अधिकारीले भारतीय लगानीकर्तालाई नेपालमा व्यापार गर्न स्वागत गरे।

यही बैशाख १६ र १७ गते भएको तेस्रो नेपाल लगानी सम्मेलनमा फलदायी छलफलमा सहभागी भएका सयौँ व्यवसायीका साथै उनले एफआईसीसीआई, सीआईआई, आईसीसी र एमआईसीसीआईएका ५० भन्दा बढी सदस्यीय बलियो भारतीय प्रतिनिधिमण्डलको प्रशंसा गरे।

नेपालमा लगानी गर्ने भारतीय लगानीकर्ताहरुका लागि लगानी सम्मेलनको एक दिनअगाडि अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक गरेको तेस्रो संस्करणको पुस्तिकाको प्रतिलिपि भारतीय प्रतिनिधिलाई उपलब्ध गराइएको थियो। 


प्रकाशित : मंगलबार, वैशाख १८ २०८११८:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend