मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

नागरिक लगानी कोषले सुपर खुदीको सेयर प्रत्याभूति गर्ने

images
मंगलबार, वैशाख १८ २०८१
images
images
नागरिक लगानी कोषले सुपर खुदीको सेयर प्रत्याभूति गर्ने

सुपर खुदीको प्रतिकित्ता एकसय रूपैयाँ अंकित ७५ लाख ९५ हजार कित्ता बराबर हुन आउने ७५ करोड ९५ लाखको सेयर कोषले प्रत्याभूति गर्नेछ।

images
images

काठमाडौं- नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर लिमिटेडको सेयर प्रत्याभूति गर्ने भएको छ।

images
images

सेयर प्रत्याभूति गर्नेसम्बन्धी सम्झौता आज भएको हो। सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सुपर खुदीको तर्फबाट सञ्चालक वटु लामिछानेले हस्ताक्षर गरेका हुन्।

images
images

सुपर खुदीको प्रतिकित्ता एकसय रूपैयाँ अंकित ७५ लाख ९५ हजार कित्ता बराबर हुन आउने ७५ करोड ९५ लाख रूपैयाँको सेयर कोषले प्रत्याभूति गर्ने छ।

images
images
images

सम्झौता कार्यक्रममा कोषका कामु नायब कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी, हेमन्त पोखरेल एवं विभागीय प्रमुख र हाइड्रोपावरका उच्च व्यवस्थापक सहभागी थिए। 

यसभन्दा अघि पनि कोषले विभिन्न कम्पनीको सेयर प्रत्याभूति गर्दै आएको छ। रासस


प्रकाशित : मंगलबार, वैशाख १८ २०८११८:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend