बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पुँजीगत खर्च शून्य

images
मंगलबार, वैशाख १८ २०८१
images
तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पुँजीगत खर्च शून्य

आर्थिक वर्षको तेस्रो चौमासिक (माघ-चैत) का लागि चैत मसान्तसम्ममा विनियोजितमध्ये चालुतर्फ जम्मा ४६ दशमलव ९० प्रतिशत खर्च भएको छ।

images
images

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चालु आर्थिक वर्षको तेस्रो चौमासिकमा पुँजीगततर्फ शून्य दशमलव शून्य प्रतिशत खर्च भएको छ।

images
images
images

आर्थिक वर्षको तेस्रो चौमासिक (माघ-चैत) का लागि चैत मसान्तसम्ममा विनियोजितमध्ये चालुतर्फ जम्मा ४६ दशमलव ९० प्रतिशत खर्च भएको छ। चालु आर्थिक वर्षको गत चैत मसान्तसम्म जम्मा खर्च ४२ दशमलव ६६ प्रतिशत भएकामा तेस्रो चौमासिकमा शून्य खर्च भएको मन्त्रालयले जनाएको छ।

images
images

यस आर्थिक वर्षमा चालुतर्फ ३७ दशमलव ४६ प्रतिशत र पुँजीगततर्फ शून्य दशमलव १४ प्रतिशत गरी जम्मा खर्च ४२ दशमलव ६६ प्रतिशत भएको मन्त्रालयले जनाएको छ।

images
images

मन्त्रालयको यस आर्थिक वर्षको चालुतर्फ ६३ करोड ५३ लाख रूपैयाँ र पुँजीगततर्फ ११ करोड ४३ लाख रूपैयाँ गरी कुल ७४ करोड ९७ लाख रहेको छ।

मन्त्रालयको चालु आर्थिक वर्षको वैदेशिक अनुदान दुई ५३ करोड ७६ लाख रूपैयाँ (चार दशमलव ४७ प्रतिशत) र वैदेशिक अनुदान चार अर्ब ९४ करोड दुई लाख रूपैयाँ (आठ दशमलव ६९ प्रतिशत) रहेको छ। रासस


प्रकाशित : मंगलबार, वैशाख १८ २०८११६:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend