बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

ट्र्याक खुलेको २० वर्षपछि कालोपत्र गरिँदै तित्याङ-भकुण्डे सडक

images
मंगलबार, वैशाख १८ २०८१
images
ट्र्याक खुलेको २० वर्षपछि कालोपत्र गरिँदै तित्याङ-भकुण्डे सडक

उकालो र घुम्ती सडकमा ढलान र अन्य भागमा चिनियाँ प्रविधिमार्फत कालोपत्र गरिनेछ। कालोपत्र पूर्व सडक चौडा पार्ने, ग्याबिन जाली लगाउने, कल्भर्ट राख्ने र पक्की नाली बनाइने छ।

images
images

गलकोट- अहिले बागलुङ नगरपालिकाभित्रको सबैभन्दा अप्ठ्यारो सडकका रुपमा तित्याङ र भकुण्डेका सडकलाई लिन सकिन्छ। भिरालो भौगोलिक अवस्थाका कारण साँघुरो र उकालो सडकका कारण यात्रुलाई तित्याङ र भकुण्डे पुग्न निकै असहज भइरहेको सन्दर्भमा अब भने तित्याङ हुँदै भकुण्डे पुग्ने सडक कालोपत्र हुने भएको छ।

images
images
images

नगरपालिकाभित्रका सडक कालोपत्रमा जोडिने क्रमले निरन्तरता पाइरहेको अवस्थामा बागलुङ बजारको अदालत चौपारीदेखि गौँडाकोट, तित्याङ हुँदै भकुण्डे पुग्ने सडक स्तरोन्नतिसँगै कालोपत्रका लागि निर्माण व्यवसाय फिल्डमा आएको छ।

images
images

विसं २०६० मा जनताले चन्दा उठाएर खोलिएको सडक कालोपत्रका लागि निर्माण व्यवसायी छनोट भएर काममा आएपछि स्थानीय पक्की सडकमा गुड्न पाउने भन्दै आशावादी भएका छन्। 

images
images

२० वर्षअघि स्थानीयवासीको सहयोगमा ट्र्याक खोलिएको सडक हालसम्म स्तरोन्नतिसमेत हुन नसकेको अवस्थामा एकैपटक बागलुङ बजारदेखि  तित्याङ-भकुण्डे हुँदै रायडाँडाको सिमानासम्म १५ किलोमिटर सडक कालोपत्र गर्न ठेक्का सम्झौता भएर निर्माण व्यवसायी काममा आएको स्थानीयवासी बद्री पौडेलले बताए।

'२० वर्षअघि खनेको सडकमा अहिलेसम्म पक्की नालीसमेत बन्न सकेको थिएन, दुरदराजका सडक चिल्ला भइरहेको अवस्थामा बागलुङ बजार अघिकै सडक कालोपत्र नहुँदा विकासमा पछि परेको स्थानीयवासीको गुनासो थियो', उनले भने, 'तर ढिलै भए पनि ठूलो ठेक्का एकै पटक लागेको छ, तित्याङ हुँदै भकुण्डेवासीलाई सडक स्तरोन्नतिसँगै कालोपत्र भएपछि सहज हुनेछ।'

विस २०८० चैत १६ गते दुई वर्षमा स्तरोन्नतिसहित कालोपत्र सम्पन्न गर्ने गरी विडारी निर्माण सेवासँग सम्झौता भइसकेको बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए। १५ किलोमिटर सडक निर्माणका लागि ३१ करोड ९६ लाख ३५ हजार रूपैयाँमा उक्त सडक कालोपत्र गर्न निर्माण व्यवसायी काममा आइसकेको श्रेष्ठको भनाइ छ।

श्रेष्ठले १४ किलोमिटर सडक कालोपत्र भएपछि पर्यटकीय गाउँ भकुण्डे पुग्ने पर्यटकलाई सहज हुने बताए। उनले लामो समयदेखि तित्याङ र भकुण्डेवासीले माग गर्दै आएको कालोपत्र सडक पूरा गर्न थालिएको जानकारी दिए। भकुण्डे जिल्लाकै पहिलो ग्रामीण पर्यटकीय गाउँको रुपमा परिचित रहेको छ। भकुण्डेमा जिल्लाकै पहिलो घरबास सञ्चालनमा आएको थियो।

'अहिले भकुण्डे पुग्ने गरी गलुवाबाटसमेत  कालोपत्रको काम सुरु भएको छ भने भकुण्डे काटेर रायडाँडा पुग्नेगरी बागलुङ बजारदेखि १४ किमी सडक एकै पटक कालोपत्र हुन थालेको छ', नगरप्रमुख श्रेष्ठले भने, 'संघीय सरकार र स्थानीय सरकारको समन्वयपछि उक्त सडक अहिले ठेक्का सम्झौता पश्चात काम गर्न थालिएको हो।'

आदलत चौपारी-गौँडाकोट-तित्याङ-भकुण्डे हुँदै रायडाँडा पुग्ने उक्त सडक सम्झौता अवधि भन्दा अगावै कालोपत्र सक्ने योजनामा रहेको सडक कालोपत्रको गर्ने कामको जिम्मा पाएको विडारी निर्माण सेवाका सञ्चालक ध्रुव विडारीले बताए।यहाँको सडक निर्माणमा कुनै अवरोध नभएकाले सम्झौता अगावै सडक निर्माण सक्ने योजनामा रहेको उनको भनाइ छ।

उकालो र घुम्ती सडकमा ढलान र अन्य भागमा चिनियाँ प्रविधिमार्फत कालोपत्र गरिनेछ। कालोपत्र पूर्व सडक चौडा पार्ने, ग्याबिन जाली लगाउने, कल्भर्ट राख्ने र पक्की नाली बनाइने छ। रासस


प्रकाशित : मंगलबार, वैशाख १८ २०८११६:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend