बुधबार, असार १८ गते २०८२    
बुधबार, असार १८ २०८२
images
images

५ जीवन बीमा कम्पनीको ३ करोड १५ लाख कित्ता आईपीओ जारी हुँदै

images
सोमबार, पुस ५ २०७८
images
images
५ जीवन बीमा कम्पनीको ३ करोड १५ लाख कित्ता आईपीओ जारी हुँदै
images
images

काठमाडौं- पाँच जीवन बीमा कम्पनीहरूले तीन अर्ब १५ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) जारी गर्ने भएका छन्। दुई बीमा कम्पनीले आईपीओ जारीको अनुमति पाइसकेका छन् भने बाँकी तीन कम्पनी भने प्रक्रियामा रहेका छन्। 

images
images

पाँच जीवन बीमा कम्पनीहरूले साधारणसभाबाट ३० प्रतिशत आईपीओ जारी गर्ने प्रस्ताव पारित गरे पनि तीन कम्पनीको नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाउनै बाँकी रहेको छ। 

images
images

सिटिजन लाइफ, आईएमई लाइफ, रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ जारी गर्न बाँकी रहेको छ। पाँच कम्पनीहरूको जारी पुँजी १० अर्ब ५० करोड रहेको छ। जारी पुँजीको ३० प्रतिशतले हुन आउने ३ अर्ब १५ करोडको सेयर बिक्रीमा आउनेछ।

images
images
images

सेयर बिक्री गर्नेमध्ये सिटिजन्स लाइफले सबैभन्दा धेरै ७५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने तयारी गरेको छ। कम्पनीको ७५ लाख कित्ता आईपीओ जारी गर्ने गरी प्रक्रिया अगाडि बढेको छ। 

धितोपत्र बोर्डबाट कम्पनीले अनुमतिसमेत पाइसकेका छन्। आइएमई लाइफको ६० लाख कित्ता, रिलायबल नेपाल लाइफको ६० लाख कित्ता, सन नेपाल लाइफको ६० कित्ता र महालक्ष्मी लाइफको समान ६० लाख कित्ता आईपीओ ल्याउनेगरी प्रक्रिया अगाडि बढेको छ। 


प्रकाशित : सोमबार, पुस ५ २०७८०१:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend