मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

राजस्व कार्यालय धनगढीले नौ महिनामा गर्‍यो एक अर्ब ७८ करोड राजस्व संकलन

images
मंगलबार, वैशाख १८ २०८१
images
images
राजस्व कार्यालय धनगढीले नौ महिनामा गर्‍यो एक अर्ब ७८ करोड राजस्व संकलन

कार्यालयको चालु आवका नौ महिनामा दुई अर्ब १० करोड ९६ लाख रूपैयाँ राजस्व संकलनको लक्ष्य रहेकामा लक्ष्यको ८४ दशमलव ८४ प्रतिशतमात्रै राजस्व संकलन भएको छ।

images
images

कैलाली- आन्तरिक राजस्व कार्यालय धनगढीले चालु आवका नौ महिनामा एक अर्ब ७८ करोड ९८ लाख रूपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले चालु आव २०८०/८१ को साउनदेखि चैत मसान्तसम्ममा उक्त राजस्व संकलन गरेको हो।

images
images

आयकरबाट एक अर्ब एक करोड ६७ लाख रूपैयाँ, मूल्य अभिवृद्धि करबाट ६२ करोड १० लाख, अन्तःशुल्कबाट १० करोड ५६ लाख, ब्याजबापत तीन करोड ७० लाख, बहाल करबाट ९१ लाख र स्वास्थ्य सेवा करबाट एक लाख रूपैयाँ राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालय धनगढीका सूचना अधिकारी दुर्गाप्रसाद पौडेलले जानकारी दिए।

images
images

उनका अनुसार कार्यालयको चालु आवका नौ महिनामा दुई अर्ब १० करोड ९६ लाख रूपैयाँ राजस्व संकलनको लक्ष्य रहेकामा लक्ष्यको ८४ दशमलव ८४ प्रतिशतमात्रै राजस्व संकलन भएको छ।

images
images
images

चालु आवमा तीन अर्ब आठ करोड ४१ लाख रूपैयाँ राजस्व संकलन गर्ने कार्यालयको लक्ष्य रहेकामा नौ महिनामा संकलन भएको राजस्व वार्षिक लक्ष्यको ५७ दशमलव ८० प्रतिशत रहेको सूचना अधिकारी पौडेलले जानकारी दिए।

'करदाताको कारोबारमा गिरावट आएको छ, बहाल करको दायरा घटेको छ, पुँजीगत खर्च कम छ', उनले भने, 'आर्थिक क्रियाकलाप घटेको छ, जसले गर्दा राजस्व संकलनमा कमी आएको छ।'

कार्यालयको आव २०७९/८० मा तीन अर्ब ३६ करोड रूपैयाँ राजस्व संकलनको वार्षिक लक्ष्य रहेकामा दुई अर्ब ५७ करोड ९८ लाख रूपैयाँमात्रै राजस्व संकलन भएको सूचना अधिकारी पौडेलले जानकारी दिए। जुन वार्षिक लक्ष्यको ७६ दशमलव ७८ प्रतिशतमात्रै थियो। रासस


प्रकाशित : मंगलबार, वैशाख १८ २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend