बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

रोजगारीका लागि अमेरिका र स्लोभाकिया पठाइदिने भन्दै ८० लाख ठगी गर्ने दुईजना पक्राउ

images
मंगलबार, वैशाख १८ २०८१
images
रोजगारीका लागि अमेरिका र स्लोभाकिया पठाइदिने भन्दै ८० लाख ठगी गर्ने दुईजना पक्राउ

उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गर्ने र आवश्यक कारबाहीका लागि बैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।

images
images

काठमाडौं- वैदेशिक रोजगारका लागि स्लोभाकिया र संयुक्त राज्य अमेरिका पठाइन्छिु भनेर ८० लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

images
images
images

पक्राउ पर्नेमा रुकुमपूर्व पुथाउत्तरगंगा गाउँपालिका-११ घर भइ हाल काठमाडौं तारकेश्वर नगरपालिका-१० बस्ने सन्ध्या लामा बुढामगर र म्याग्दी मङगला गाउँपालिका-२ घर भइ हाल ललितपुर महानगरपालिका नखिपोट बस्ने उदिमबहादुर पुन रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

images
images

उनले भने, 'सन्ध्या लामा बुढामगरले स्लोभाकिया पठाइदिने भन्दै दुई लाख रूपैयाँ तथा उदिमबहादुर पुनले अमेरिका पठाइदिने भनेर ७८ लाख रूपैयाँ रकम लिएका उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो।'

images
images

उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गर्ने र आवश्यक कारबाहीका लागि बैदेशिक रोजगार विभाग पठाइएको पनि प्रवक्ता रेग्मीले जानकारी दिए। रासस


प्रकाशित : मंगलबार, वैशाख १८ २०८११३:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend