शनिबार, असोज ५ गते २०८१    
images
images

सर्वदलीय बैठकमा एमसीसीबारे भएन सहमति, थप छलफल गर्ने निष्कर्ष

images
आइतबार, पुस ४ २०७८
images
images
सर्वदलीय बैठकमा एमसीसीबारे भएन सहमति, थप छलफल गर्ने निष्कर्ष

नेकपा एमाले अनुपस्थित बैठकमा थप छलफल गर्ने र सहमतिमा पुग्ने निचोड निस्किएको छ। 

images
images

काठमाडौं- अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्‍मा टेबल गर्ने र अनुमोदन गराउने विषयमा भएको सर्वदलीय बैठकमा सहमति जुट्न सकेन। नेकपा एमाले अनुपस्थित बैठकमा थप छलफल गर्ने र सहमतिमा पुग्ने निचोड निस्किएको छ। 

images
images
images

बैठकपछि प्रतिक्रिया दिँदै सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीका विषयमा थप छलफल गरेर सहमतिमा छिटै टुंगो लगाउने बताएका छन्। साथै एमालेलाई पनि छलफलमा आउन आग्रह गर्ने विषयमा कुराकानी भएको उनले बताए। 

बैठकमा मन्त्री कार्कीले संसद्‍मा एमसीसी पेस गर्ने विषय बोल्दा केही नेताले विरोध गरेका थिए। नेमकिपाका सांसद् प्रेम सुवाल साथै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका सांसद् वेदुराम भुसाललगायत केहीले विरोध जनाएका थिए।

यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीमा रहेका केही प्रावधान संशोधनपछि मात्रै संसदबाट पास गर्ने विषयमा विचार गर्न सकिने बताएका छन्। 

images

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको बैठक सकिएपछि सर्वदलीय बैठक बसेको हो।

बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवा र सरकारका प्रवक्ता कार्कीसहित कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, अर्का नेता वेदुराम भुषाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, सोही पार्टीका सङ्घीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाललगायतको सहभागिता थियो।

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठकमार्फत एमसीसी अनुमोदन गराउने पहल गर्नका लागि बैठकमा छलफल गरेका थिए। तर सहमति भने हुन सकेन। सत्तागठबन्धनभित्र नै एमसीसीको विषयमा साझा धारणा बनाएर सर्वदलीय बैठकमा जाने देउवाको प्रयास रहेको छ।

अनुमोदनका लागि एमसीसीका अधिकारीहरू नेपालका राजनीतिक दलका उच्च नेतासँग नियमित संवादमा रहेका बेला प्रधानमन्त्री देउवाले सर्वदलीय बैठकमा छलफल गरिरहेका हुन्।


प्रकाशित : आइतबार, पुस ४ २०७८१२:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend