बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

उद्योग विभागले लगानी सम्मेलनबाटै सुरु गर्‍यो विदेशी लगानी स्वीकृत गर्ने विद्युतीय प्रणाली

सोमबार, वैशाख १७ २०८१
उद्योग विभागले लगानी सम्मेलनबाटै सुरु गर्‍यो विदेशी लगानी स्वीकृत गर्ने विद्युतीय प्रणाली

उल्लिखित विवरण तथा कागजात विदेशी लगानीकर्ताले जाँच गरी आवश्यकताअनुसार सच्याएर विदेशी लगानी स्वीकृतिका लागि विभागको विद्युतीय प्रणालीमा पेस गर्न सकिनेछ।

काठमाडौं- उद्योग विभागले स्वचालित मार्ग (अटोमेटिक रुट)  बाट विदेशी लगानी स्वीकृत गर्ने विद्युतीय प्रणाली सञ्चालनमा ल्याएको छ। काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनमार्फत उद्योग विभागले अटोमेटिक रुट सञ्चालनमा ल्याएको हो। 

लगानीकर्ताले उक्त प्रणालीमार्फत कुल पुँजी ५० करोड रुपैयाँसम्म हुने उद्योग व्यवसाय र विदेशी लगानी गर्न सकिने उद्योग व्यवसायका क्षेत्रमा आवेदन दिन सक्ने छन्। अटोमेटिक रुटबाट विदेशी लगानी स्वीकृतिसम्बन्धी सेवा उपलब्ध गराउने प्रयोजनका लागि ऐन तथा नियमावलीबमोजिम विदेशी लगानी स्वीकृतिका लागि पेस गर्नुपर्ने विवरण तथा कागजात विद्युतीयप्रणालीबाट पेस गर्न सक्नेछन्। 

विदेशी लगानी स्वीकृति लिन चाहने विदेशी लगानीकर्ताले विभागले सञ्चालन गरेको विद्युतीय प्रणाली (www.imis.doind.gov.np) मा लगइन गरी त्यसले माग गरेबमोजिमको विवरण तथा कागजात अपलोड गर्नुपर्ने हुन्छ। 

विद्युतीय प्रणालीमा विदेशी लगानी स्वीकृतिका लागि आवश्यक विवरण तथा कागजात उल्लेख गरेपछि त्यस्तो लगानी स्वीकृतिको लागि विद्युतीय प्रणालीमा पेस गर्नु पहिले सम्बन्धित विदेशी लगानीकर्ताले उल्लेख गरेको विवरण तथा कागजात जाँच गर्नु तथा सच्याउनुपर्ने भए सच्याउन सक्नेछन्। 

उल्लिखित विवरण तथा कागजात विदेशी लगानीकर्ताले जाँच गरी आवश्यकताअनुसार सच्याएर विदेशी लगानी स्वीकृतिका लागि विभागको विद्युतीय प्रणालीमा पेस गर्न सकिनेछ। 

विदेशी लगानी स्वीकृतिका लागि विभागको विद्युतीय प्रणालीमा पेस भएपछि त्यस्तो प्रणालीबाट विदेशी लगानीकर्तालाई निजले उल्लेख गरेको इमेल ठेगानामा आवेदन नम्बरसहितको निजको लगानी स्वीकृत भएको जानकारी (कन्फर्मेसन) उद्योग विभागले दिनेछ।

सरकारले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्ने व्यवस्थाका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ को पहिलो संशोधन गरी २०८० बैशाख ७ मा राजपत्रमा प्रकाशित गरेको थियो। 

विदेशी लगानी स्वीकृतिको जानकारी दिएपछि ऐन तथा नियमावलीबमोजिम निजको विदेशी लगानी स्वतः स्वीकृत भएको मानिनेछ।

संशोधित नियमावलीअनुसार शतप्रतिशत सेयर स्वामित्व वा संयुक्त लगानीमा नयाँ कम्पनी संस्थापना गर्न वा विदेशी लगानीमा संस्थापना भई सञ्चालनमा रहेको विदेशी लगानिकर्ताले त्यस्तो कम्पनीमा पुँजी वृद्धिका लागि लगानी गर्न स्वचालित मार्गमार्फत निवेदन दिने तथा स्वीकृत गर्ने व्यवस्था कायमै छ।

lagani1-1714390222.jpg


प्रकाशित : सोमबार, वैशाख १७ २०८११८:१९
  • सम्बन्धित विषय:

  • # तेस्रो लगानी सम्मेलन


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend