बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

यसवर्ष तनहुँमा सोह्र योजना कार्यान्वयनमा आएनन्

images
सोमबार, वैशाख १७ २०८१
images
यसवर्ष तनहुँमा सोह्र योजना कार्यान्वयनमा आएनन्

सडक योजनाअन्तर्गत आठ र झोलुंगे पुल आठ वटाको निर्माण रोकिएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ।

images
images

तनहुँ- चालु आर्थिक वर्ष तनहुँमा सोह्रवटा योजना कार्यान्वयनमा आउन सकेका छैनन्। योजनाको नाम फरक परेका, विवाद भएका र बजेट सुनिश्चित नभएका योजना कार्यान्वयनमा नआएको हो।

images
images
images

सडक योजनाअन्तर्गत आठ र झोलुंगे पुल आठ वटाको निर्माण रोकिएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ। गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक वर्षमा दुई सय ९५ योजनामध्ये एघार वटा योजना सम्पन्न भएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले जानकारी दिए।

images
images

साउनदेखि चैत महिनाको हालसम्म नौ वटा मोटर मार्गको स्तरोन्नति र दुई वटा गाडी गुड्ने पक्की पुल निर्माण गरिसकेको छ। ल्होचाडाँडा कृषि पर्यटन सडक अन्तर्गत व्यास-५, म्याग्दे-१,२,३ हुँदै भीमाद नगरपालिका जोड्ने सडक सम्पन्न भएको छ। 

images
images

उनका अनुसार व्यास-१० स्थित गोवर्द्धन मार्ग, व्यास-११ को बाराही रानी मार्ग, व्यास-१ को पुरानो छाब्दी मार्ग, व्यास-११ को मुक्तिनारायण मोटर मार्गको स्तरोन्नति कार्य गरिएको छ।

त्यसैगरी, घिरिङ- ५ को कामधेनु मोटर मार्ग, म्याग्दे-४ को छाङ-थर्पु मोटरमार्ग, बन्दीपुर-६ को तगारे बाँसपानी साम्दी मोटर मार्ग र भानु नगरपालिकाको बाँके-कवाचित कालीमाटी सडक मार्गको स्तरोन्नति कार्य सम्पन्न भएको छ।

कुल तीन सय एघार योजनामध्ये सोह्र वटा योजना ३० लाख रूपैयाँ मुनिका रहेकाले रकमान्तर भइ अन्य जिल्लामा सरी गएपछि हाल दुई सय ९५ योजना निर्माण चरणमा रहेको उनले बताए।

सडक निर्माणका लागि वार्षिक बजेट १२ अर्ब ३५ करोड ९७ लाख ३० हजार रूपैयाँ रहेको छ। योजनाको हाल ३१.५३ प्रतिशत वित्तीय प्रगति भएको सो कार्यालयले जनाएको छ। रासस


प्रकाशित : सोमबार, वैशाख १७ २०८११७:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend