बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजस्व संकलन

images
सोमबार, वैशाख १७ २०८१
images
महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजस्व संकलन

जलेश्वर भन्सारले आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म दुई अर्ब ३५ करोड ९१ लाख २८ हजार सय ४० रूपैयाँ राजस्व संकलन गरेको छ।

images
images

जनकपुर- महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा दुई अर्ब ३५ करोड ९१ लाख रूपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।

images
images
images

कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म दुई अर्ब ३५ करोड ९१ लाख २८ हजार सय ४० रूपैयाँ राजस्व संकलन गरेको बताए।

images
images

सो अवधिमा दुई अर्ब ८० करोड ८४ लाख ७७ हजार आठ सय ९ रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेको थियो। आयात तथा निर्यातमा भएको कमी र विश्वव्यापी आर्थिक आर्थिक मन्दीका कारण राजस्व निर्धारित लक्ष्यभन्दा कम राजस्व संकलन भएको गुप्ताको भनाइ छ। त्यसैगरी भारत सरकारले प्याजलगायत अन्य सामानको आयातमा लगाएको प्रतिबन्धका कारण पनि राजस्व संकलनमा समस्या आएको समेत उनले बताए।

images
images

संकलित राजस्वमध्ये पेट्रोलियम पदार्थबाट ५३ दशमलव ९१ प्रतिशत अर्थात एक अर्ब ३५ करोड रूपैयाँ, कोइलाबाट आठ दशमलव तीन, आलुबाट चार दशमलव तीन, चामलबाट तीन दशमलव दुई, मिठा (गुड) बाट दुई दशमलव तीन,  सेरामिक्स तथा टायलवाट एक दशमलव १४, स्याउवाट शून्य दशमलव ६१, मसलाबाट एक दशमलव ७५, प्याजबाट शून्य दशमलव ४९, धानबाट शून्य दशमलव ५७ तथा अन्य सामानवाट एक दशमलव १४ प्रतिशत राजस्व संकलन भएको कार्यालयको तथ्यांकमा उल्लेख छ। त्यसैगरी विभिन्न मितिमा पक्राउ गरिएका सामानहरूको लिलामीबाट दुई करोड ६६ लाख ८८ हजार रूपैयाँ राजस्व संकलन भएको पनि तथ्यांकमा उल्लेख छ।

भन्सार विभागले चालु आवमा तीन अर्ब ७३ करोड २३ लाख ६२ हजार छ सय ८७ रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तोकेको र सो लक्ष्यबमोजिम राजस्व संकलन गर्ने विश्वास रहेको सूचना अधिकारी गुप्ताको भनाइ छ। सो कार्यालयअन्तर्गत रहेका छोटी भन्सार कार्यालयबाट पनि लक्ष्यभन्दा कम राजस्व संकलन भएको छ। रासस 


प्रकाशित : सोमबार, वैशाख १७ २०८११६:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend