बिहीबार , जेठ ३ गते २०८१    
images
images

नेपालमा ऊर्जा उत्पादनमा मात्र नभइ प्रसारण र वितरण पूर्वाधारमा पनि लगानीको राम्रो अवसर छ : इप्पान अध्यक्ष कार्की

'प्रसारणलाइन निर्माणमा पनि निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्छ'

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख १७ २०८१
images
images
नेपालमा ऊर्जा उत्पादनमा मात्र नभइ प्रसारण र वितरण पूर्वाधारमा पनि लगानीको राम्रो अवसर छ : इप्पान अध्यक्ष कार्की

उनले निजी क्षेत्रले प्रसारणलाइन निर्माण र सञ्चालनको अवसर पाए विद्युतको विश्वनियता बढाउँदै चुहावट घटाउन पनि महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए।

images
images

काठमाडौं- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रमा उत्पादनमा मात्र नभएर प्रसारण र वितरण पूर्वाधारमा पनि लगानीको राम्रो अवसर रहेको बताएका छन्।

images
images
images

काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलन २०२४ अन्तर्गत 'नेपालमा नविकरणीय ऊर्जाको सम्भावना र यात्रा' विषयक सेसनलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले निजी क्षेत्रले प्रसारणलाइन निर्माणमा पनि महत्वपूर्ण भूमिका खेल्न सक्ने भन्दै निजी क्षेत्रले आन्तरिक र अन्तरदेशिय प्रसारणलाइन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने पनि बताए।

images

उनले निजी क्षेत्रले प्रसारणलाइन निर्माण र सञ्चालनको अवसर पाए विद्युतको विश्वनियता बढाउँदै चुहावट घटाउन पनि महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए।

images
images

'दक्षिण एसियामा ऊर्जाको माग भएका देशहरूमा क्रस बोर्डर लाइन र ऊर्जा परियोजनाको ठूलो सम्भावना छ। निजी क्षेत्रको सहभागीताले क्रसबोर्डर लाइन निर्माण, विद्युत निर्यात र प्रविधि हस्तान्तरण लगायतका कुरालाई मूर्तरुप दिन सकिन्छ' कार्कीले भने, 'तर प्रसारणलाइन निर्माणमा पनि वन तथा वातावरण, जग्गा प्राप्ती र प्रक्रियागत झन्जटहरूसँग जुध्नुपर्ने समस्या छ।'

images
images

अध्यक्ष कार्कीले आन्तरिक तथा अन्तरदेशिय विद्युत व्यापारमा पनि निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने बताए। त्यसका लागि निजी क्षेत्रले पूर्वाधार निर्माण गरेर, बजार अध्ययन, जोखिम अध्ययन, सहलगानी खोजी र पोलीसी लविइङ लगायतका काम गरिरहेको उनले जानकारी गराए। निजी क्षेत्रले विद्युत व्यापारका लागि इक्वीटी, ऋण, प्रविधि, सत्र्चालन लगायतका पार्टनरसिप मोडलमा काम गरिरहेको पनि कार्कीले बताए।

नेपालको स्वच्छ र हरित ऊर्जाको लागि रणनीतिक योजना बनाउँदै यस क्षेत्रको दिगो विकासका लागि पनि निजी क्षेत्रले योजना बनाइरहेको छ।

नेपालमा निजी क्षेत्रको लागि विद्युत उत्पादनमा मात्र नभएर प्रसारण तथा वितरण पूर्वाधार निर्माण, ऊर्जा दक्षता र विद्युत व्यापारमा निकै ठूलो सम्भावना भएकोले नेपालको ऊर्जा क्षेत्रमा लगानी भित्राउन विदेशी लगानीकर्तालाई कार्कीले आग्रह गरे।

स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षीत गर्नको लागि सरकारले केही कुरामा ध्यान दिनुपर्ने भन्दै कार्कीले हाम्रो नीतिमा स्थाइत्व र क्लारिटी हुनुपर्ने, सरल प्रक्रिया अवलम्बन गर्नुपर्ने, लगानीको सुरक्षा र ग्यारेन्टी, पूर्वाधार निर्माणमा सहयोग, जोखिम न्युनिकरणका संयन्त्र, सहज स्वदेश फिर्तीको व्यवस्था लगायतका कुरामा ध्यान दिनुपर्ने पनि कार्कीले बताए।

images

प्रकाशित : सोमबार, वैशाख १७ २०८१०४:१५
  • सम्बन्धित विषय:

  • # तेस्रो लगानी सम्मेलन
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend