काठमाडौं- चालु आर्थिक वर्षको पहिलो चार महिनामा दूरसञ्चार यन्त्र उपकरणको आयातमा उच्च वृद्धि भएको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु वर्षको चार महिनामा २४ अर्ब ८३ करोड रुपैयाँको दूरसञ्चार उपकरण आयात भएको छ। अघिल्लो वर्षको चार महिनामा यस्तो आयात जम्मा ४ प्रतिशतले बढेको थियो।
यो वर्ष नेपालमा टेलिकम कम्पनी तथा इन्टरनेट कम्पनीहरूले पूर्वाधार विस्तारमा लगानी बढाइरहेका छन्।
नेपाल दूरसञ्चार प्राधिकरणकै अनुदानमा ग्रामिण क्षेत्रमा विस्तार गरिरहेका छन्। यस्तो विस्तारका कारणले यन्त्र उपकरणको आयात उच्च भएको छ।