बिहीबार , जेठ ३ गते २०८१    
images
images
images
images

समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान

images
सोमबार, वैशाख १७ २०८१
images
images
समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान

चैतमा रोपेको चैते धानमा रोपेदेखि पानी नपरेपछि खेतमा धाँजा फाट्न थालेको छ। खडेरीले लगानीसमेत नउठ्ने किसानको चिन्ता छ।

images
images

मोरङ- लामो समयदेखि पानी नपर्दा किसानले लगाएको अन्न बाली सुक्न थालेको छ।

images
images
images

चैतमा रोपेको चैते धानमा रोपेदेखि पानी नपरेपछि खेतमा धाँजा फाट्न थालेको छ। बढ्दो गर्मीसँगै वैशाख अन्तिम सम्ममा पनि पानी पर्न नसके चैते धानको उत्पादन घट्ने कृषि ज्ञान केन्द्र मोरङका प्रमुख रामदेव सिंहले बताए।

images

अन्न भण्डारको रुपमा मानिने मोरङमा यसवर्ष २२ हजार दुई सय हेक्टर जमिनमा चैते धान रोपिएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ। गत वर्षभन्दा यस वर्ष दुई सय हेक्टर बढीमा चैते धान रोपिए पनि समयमा पानी नपर्दा किसान चिन्तित रहेको प्रमुख सिंहले बताए।

images
images

'जिल्लाको १७ वटा पालिकामध्ये सुन्दरहरैँचा, बेलबारी, पथरी सनिश्चरे, उर्लाबारी, कानेपोखरी, रतुवामाई, सुनवर्षी, रंगेली र जहदाका किसानले विशेषगरी चैते धानको खेती गर्ने गरेको छ', उनले भने।

images
images

गत वर्ष मौसमले राम्रो साथ दिएका कारण मोरङमा प्रति हेक्टर पाँच दशमलव छ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। खडेरीले लगानीसमेत नउठ्ने किसानको चिन्ता छ।

'खोला एवं पानी भएको र बोरिङ गरिएको ठाउँमा लगाइएको धान हरियो भयो, सिँचाइको पहुँच नभएको ठाँउमा लगानी पनि नउठ्ने भयो', बेलबारी ११ की किसान मैनादेवी न्यौपानेले भनिन्।

यस क्षेत्रका किसानको मुख्य आम्दानीको स्रोत धानबाली रहेकोले सिँचाइको पहुँच नपुग्ने ठाउँका किसानलाई सरकारले बोरिङको माध्यमबाट भएपनि सिँचाइ व्यवस्था मिलाउनुपर्ने माग किसानको छ। यसका लागि स्थानीय सरकारले पहल गरिरहेको बेलबारी- ९ का वडाध्यक्ष शालिग्राम बस्नेत बताउँछन्। रासस

images

प्रकाशित : सोमबार, वैशाख १७ २०८१०२:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend