शनिबार, असोज ५ गते २०८१    
images
images

एमसीसीबारे छलफल गर्न बालुवाटारमा सुरू भयो सर्वदलीय बैठक

images
आइतबार, पुस ४ २०७८
images
images
एमसीसीबारे छलफल गर्न बालुवाटारमा सुरू भयो सर्वदलीय बैठक

बैठकमा नेकपा एमाले भने उपस्थित भएको छैन। 

images
images

काठमाडौं- अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्‍मा टेबल गर्ने र अनुमोदन गराउने विषयमा छलफल गर्न सर्वदलीय बैठक सुरू भएको छ। बैठकमा नेकपा एमाले भने उपस्थित भएको छैन। 

images
images
images

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको बैठक सकिएपछि सर्वदलीय बैठक सुरू भएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठकमार्फत एमसीसी अनुमोदन गराउने पहल गर्नका लागि बैठकमा छलफल गर्ने बताइएको छ। सत्तागठबन्धनभित्र नै एमसीसीको विषयमा साझा धारणा बनाएर सर्वदलीय बैठकमा जाने देउवाको प्रयास रहेको छ।

अनुमोदनका लागि एमसीसीका अधिकारीहरू नेपालका राजनीतिक दलका उच्च नेतासँग नियमित संवादमा रहेका बेला प्रधानमन्त्री देउवाले सर्वदलीय बैठकमा छलफल गरिरहेका हुन्।

images

000

एमसीसीको विषयमा कांग्रेस संसद्‍बाट अनुमोदन गर्ने पक्षमा छ।  माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपालगायत दलहरू एमसीसीका केही प्रावधान संशोधन गरेर मात्रै अघि बढाउनुपर्ने पक्षमा छन्। सत्तागठबन्धन दल राष्ट्रिय जनमोर्चा संसद्‍बाहिर रहेका दलसँग एमसीसी खारेजीको माग गर्दै आएको छ। 

एमसीसीले संसदबाट अनुमोदन गर्न पुनः आग्रह गरिसकेको छ। नेपालमा संसदको बैठक सुरु भएका बेला एमसीसीको मुख्य कार्यालय अमेरिकाको वासिङटन डिसीमा सम्पन्न भएको समीक्षा बैठकले अनुमोदनका लागि आग्रह गरेको हो। अमेरिकामा एमसीसीको गत मंगलबार बसेको बैठकमा एमसीसी-नेपाल कम्प्याक्टको अवस्था र हालसम्म भएका प्रगतिबारे छलफल भएको थियो। 

सन् २०१७ सेप्टेम्बर १७ मा दुई पक्षबीच सम्झौता भए पनि नेपालका राजनीतिक दलहरूको आन्तरिक कलह र स्वार्थप्रेरित क्रियाकलापका कारण संसदबाट अनुमोदन भएको छैन। नेपाल भ्रणमा आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले सम्झौता अनुमोदन गर्ने वा फिर्ता गर्ने निर्णय लिन नेपाली राजनीतिक दल र सरकार प्रमुखसँग आग्रह गरेका थिए।

नेपालको तीन दिने भ्रमणका क्रममा सहायक विदेशमन्त्री लूले नेपालले एमसीसीका विषयमा सार्वभौम निर्णय लिन सक्ने भन्दै सम्झौता संसदबाट अनुमोदन गर्ने या फिर्ता पठाउने नेपालकै हातमा भएको जनाएका थिए।  

एमसीसी अहिले निर्णायक चरणतर्फ प्रवेश गर्दैगर्दा सम्झौता गर्ने बेलाकै मुख्य दलहरू यतिबेला सरकार चलाइरहेका छन्। नेपाली काँग्रेस र माओवादी केन्द्र मिलेर बनेको सरकारले सम्झौता गरेको थियो। सम्झौता यता काँग्रेस सभापति एवं प्रधानमन्त्री देउवा यसबारे जति स्पष्ट र एकल धारणामा अडिग छन् माओवादी त्यति नै अनुदार छ।


प्रकाशित : आइतबार, पुस ४ २०७८११:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend