बिहीबार , जेठ ३ गते २०८१    
images
images
images
images

महोत्तरीका आगलागीपीडितलाई काठमाडौं महानगरको १० लाख सहयोग

images
सोमबार, वैशाख १७ २०८१
images
images
महोत्तरीका आगलागीपीडितलाई काठमाडौं महानगरको १० लाख सहयोग

उक्त रकम आज नगरपालिकाको खातामा जम्मा हुने गरी पठाउने महानगरपालिकाको तयारी रहेको छ।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका-६ जरलहवा टोलका आगलागीपीडितलाई १० लाख रूपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

images
images
images

महानगर विपद् व्यवस्थापन समितिले आगलागीको विपदमा परेका व्यक्ति तथा परिवारको राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्ने निर्णय गरेको कामपाका प्रवक्ता नवीन मानन्धरले राससलाई जानकारी दिए।

images

उक्त रकम आज नगरपालिकाको खातामा जम्मा हुने गरी पठाउने महानगरपालिकाको तयारी रहेको छ। जरलहवा टोलमा यही बैशाख १२ गते दिउँसो १ बजेदेखि आगलागी सुरु भएको थियो।

images
images

आगलागीमा परेर ९१ वटा कच्ची घर र ९ वटा अर्धपक्की घर गरेर एक सय घर जलेर नष्ट भएका थिए। यसबाट चार सय ५५ जना प्रभावित भए भने सोही आगलागीले पाँच वटा बाख्रा, दुई वटा सुंगुर जलेर नष्ट भएका थिए। रासस

images
images

images

प्रकाशित : सोमबार, वैशाख १७ २०८१०१:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend