काठमाडौं- विदेशी लगानी भित्र्याएर होटल क्षेत्रमा अघि बढ्न साख: ग्रुपले तेस्रो लगानी सम्मेलनमा सम्झौता गरेको छ। साखः ग्रुपले विदेशी लगानीसहित हाेटलमा लगानी विस्तार गर्न लागेको हो।
काठमाडौंमा जारी तेस्राे लगानी सम्मेलनमा साखः ग्रुपले हङकङको अनफरमन ग्रुप र बोर होटलसँग मिलेर रिसोर्टमा लगानी विस्तार गर्न सम्झाैता गरेकाे छ।
झन्डै २ अर्ब रुपैयाँ लगानीमा कपिलवस्तुको गोरुसिंगेमा रिसोर्ट बनाउनका लागि सोमबार लगानी सम्मेलनमा हङकङको कम्पनीसँग सम्झौता गरिएको हाे।
सम्झाैतामा साखः एण्ड कम्पनीका अध्यक्ष किरण साख र अनफरमन ग्रुपकी अध्यक्ष लि पिङले हस्ताक्षर गरेका छन्।
कम्पनीले कपिलवस्तुको गोरुसिंगेमा २२ बिघा जग्गामा रिसाेर्ट निर्माण गर्ने छ।