बुधबार, जेठ २ गते २०८१    
images
images
images
images

ठूला पूर्वाधार निर्माणमा पीपीपी मोडलमा जान ढिला भइसकेको वक्ताको जोड

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा विश्वका ठूला लगानीकर्ताको चासो छ : मन्त्री महासेठ

images
सोमबार, वैशाख १७ २०८१
images
images
ठूला पूर्वाधार निर्माणमा पीपीपी मोडलमा जान ढिला भइसकेको वक्ताको जोड
images
images

काठमाडौं- तेस्रो लगानी सम्मेलनमा वक्ताहरूले नेपालको ठूला पूर्वाधार निर्माणमा सार्वजनिक निजी साझेदारी (पीपीपी) माेडलमा जान सुझाव दिएका छन्। सडक, विमानस्थल र ऊर्जा पूर्वाधारमा पीपीपी माेडलमा जान उनीहरूले सुझाव दिएका हुन्। 

images
images
images

काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनको दाेस्राे दिन जारी पूर्वाधार र यातायात निर्माणसम्बन्धी विषयक सत्रमा वक्ताहरूले खासगरी निजगढ विमानस्थलसहित ठूला सडक पूर्वाधारमा पीपीपी माेडलमा जानु नै उपयुक्त हुने सुझाव दिएका हुन्। 

images

छलफलमा भाग लिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निजगढ विमानस्थल निर्माणमा विश्वका ठूला लगानीकर्ताले चासाे दिएकोले पीपीपी माेडलमै जान लागिएको बताए। 

images
images

नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपालमा पूर्वाधारका क्षेत्रमा प्रतिवर्ष ८४ अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने बताए। उल्लेख्य लगानीको कमीका साथै पूर्वाधार र यातायातको ग्याप रहेको बताउँदै उनले अब पीपीपीमा नै अघि बढ्नुपर्ने बताए। 

images
images

एनआरएन इन्फ्रास्टक्टर एण्ड डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हेमन्त बस्यालले आर्थिक रुपमा समेत व्यवहारिक हुनेगरी पूर्वाधारको क्षेत्रमा लगानी गर्नुपर्ने बताए।

पर्यटन र यातायातको क्षेत्रले निजी क्षेत्रले नजिकबाट हेरिरहेको बताउँदै उनले सरकारले उचित प्रोजेक्ट बैंक तयार पारेर रणनीतिक महत्वका साथ लगानी भित्र्याउने काममा लाग्नुपर्ने बताए। उनले जीडीपीकाे १५ प्रतिशत पूर्वाधार क्षेत्रमा, त्याे पनि सडक र यातायात क्षेत्रमा लागानी गर्नुपर्ने बताए। 

यस्तै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का हिदोओले पूर्वाधारको क्षेत्रमा नेपाललाई निरन्तर सघाइरहेको उल्लेख गर्दै सडक पूर्वाधारको लागि २६ अर्ब रुपैयाँ सहयोग गरिसकेको बताए। यसका साथै नेपालमा इन्जिनियरको क्षमता विकासका लागि समेत जापानले सहयोग गरिरहेको उनले बताए।

काठमाडौं उपत्यकाको यातायात व्यवस्थापनका लागि काम भइरहेको उल्लेख गर्दै उनले लगानी अलि उच्च रहेकोले मेट्रो तथा सहरी यातायातका लागि निजी क्षेत्र र सार्वजनिक क्षेत्रबीच छलफल आवश्यक रहेको उल्लेख गरे। 

यस्तै काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा प्राध्यापक डा. भोला थापाले नेपालका लागि आधुनिक तथा सहरी यातायातको विकास अपरिहार्य रहेको बताए। नेपालमा यातायात क्षेत्रकै लागि भनेर इन्जिनियर उत्पादन नभएको उल्लेख गर्दै उनले वर्तमान र भविष्यको आवश्यकता हेरेर अघि बढ्नुपर्ने बताए। 

अहिले नेपाल विद्युतीय सवारीका लागि लगानी गर्ने निकै राम्रो अवसर रहेको उल्लेख गर्दै उनले मास ट्रान्सपोर्टेसनका क्षेत्रमा काम गर्नुपर्ने उल्लेख गरे। यसका लागि रेल पूर्वाधारमा पनि अध्ययन अनुसन्धान आवश्यक रहेको उनले बताए। 

यस्तै प्राध्यापक संगिता सिंहले मेट्रो रेलका विषयमा विभिन्‍न अध्ययनहरू भइरहेको भए पनि कसरी अघि बढाउने या नबढाउने भन्ने विषयमा यकिन निर्णय हुनुपर्ने बताइन्। त्यसपछि मात्रै कस्तो लगानी खोज्ने हो भन्ने विषय यकिन हुने उनको भनाइ छ। 

छलफलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले रेलदेखि विमानस्थलसम्मका पूर्वाधारमा सरकार पीपीपीमा जान खोजेको बताए। जसमा रक्सौल-काठमाडौं, काठमाडौं-केरूङ रेलमार्ग र विभिन्न सरुङमार्गमा सरकारले पीपीपीको तयारी गरिरहेको उनको भनाइ छ। 

साथै सातदोबाटो-महाराजगञ्ज र बालाजु-भक्तपुरमा मेट्रो रेल बनाउन अध्ययन भइरहेकोसमेत उनले बताए। 

यस्तै निजगढ विमानस्थल निर्माणमा विश्वका ठूला लगानीकर्ताले चासाे दिएकोले यसलाई पनि पीपीपी माेडलमै जान लागिएको उनले बताए। यी पूर्वाधारहरूमा विदेशी लगानीको खोजी भइरहेको उनको भनाइ छ।

images

प्रकाशित : सोमबार, वैशाख १७ २०८११२:४०
  • सम्बन्धित विषय:

  • # तेस्रो लगानी सम्मेलन


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend