बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

अघि बढ्यो ६ सय परिवार लाभान्वित हुने तादीखोला सिँचाइ आयोजना, पूरा गर्न १२ करोड लाग्ने

images
सोमबार, वैशाख १७ २०८१
images
अघि बढ्यो ६ सय परिवार लाभान्वित हुने तादीखोला सिँचाइ आयोजना, पूरा गर्न १२ करोड लाग्ने

योजनाबाट विदुर नगरपालिका-२ नुवाकोट दरबार क्षेत्रका ६ सय घरधुरी लाभान्वित हुनेछन्। आयोजना पूरा गर्न १२ करोड रूपैयाँ लाग्ने बताइएको छ।

images
images

त्रिशूली- तादीखोलाको पानी तानेर नुवाकोट दरबार क्षेत्र आसपासका बासिन्दालाई वितरण गर्ने लक्ष्य लिएको लिफ्ट सिँचाइ आयोजनाको काम सुरु भएको छ।

images
images
images

विदुर नगरपालिकाको प्रमुख राजन श्रेष्ठले आइतबार ‘तादीखोला नुवाकोट दरबार क्षेत्र लिफ्ट खानेपानी तथा सरसफाइ आयोजना’को शिलान्यास गरेसँगै काम अघि बढाइएको हो।

images
images

विदुर नगरपालिका-५ स्थित तादी खोलामा समवेल निर्माण गरेर दुई किलोमिटर उचाइको दुरीमा पर्ने विदुर-२ नुवाकोट दरबार क्षेत्रमा खानेपानी लैजाने पालिकाको महत्वकांक्षी योजना कार्यान्वयनतर्फ अघि बढेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए।

images
images

'पानीको चरम समस्या र मुहान अभावले व्यवस्थापनमा देखिएको चुनौतीलाई लिफ्ट सिँचाइ योजनामार्फत समाधानको प्रयासमा लागेका छौँ', नगरप्रमुख श्रेष्ठले भने, 'बहुवर्षीय योजनामार्फत काम गरिने भएकाले आवश्यक थप बजेटको सुनिश्चितता र गुणस्तरीय काम गराउन नगरले पहल गर्नेछ।'

खानेपानी तथा सरसफाइ डिभिजन नं २ धादिङमार्फत कार्यान्वयन गराउन लागिएको उक्त योजनामा चालु आर्थिक वर्षमा एक करोड रूपैयाँ बजेट प्राप्त भएको उपभोक्ता समितिका अध्यक्ष अच्युतम राजभण्डारीले जानकारी दिए।

आगामी असार मसान्तसम्ममा नुवाकोट (विदुर-२ दरबार क्षेत्र) मा दुईलाख क्षमताको मुख्य वितरण ट्यांकीसहित एंगल ब्लक, पम्पघर, वेल्डिङ र समवेलको काम पूरा गर्ने कार्यदेश रहेको छ। यसका लागि बागमती प्रदेश सरकारबाट ८७ लाख १८ हजारसहित उपभोक्तामार्फत नौ लाख ६८ हजार रूपैयाँ बराबरको श्रमदानको काम हुनेछ।

उक्त योजना सम्पन्नपश्चात् विदुर नगरपालिका-२ नुवाकोट दरबार क्षेत्रका ६ सय घरधुरी लाभान्वित हुनेछन्। आयोजना पूरा गर्न १२ करोड रूपैयाँ लाग्ने बताइएको छ। रासस


प्रकाशित : सोमबार, वैशाख १७ २०८१११:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend