शुक्रबार, जेठ ४ गते २०८१    
images
images

‘टेक एण्ड ब्रेक’ मा नेप्से, जलविद्युततर्फ पुन: आकर्षण बढ्दै

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ २४ २०७८
images
images
‘टेक एण्ड ब्रेक’ मा नेप्से, जलविद्युततर्फ पुन: आकर्षण बढ्दै

अघिल्ला दिनको कारोबारको तुुलनामा सेयर बजार थामिन खोजेको छ। बजार झिनो अंकले घटेर बजार ‘टेक एण्ड ब्रेक’मा रहन खोजेको हो। लगानीकर्ताहरू पुनः बजारले एक चरण करेक्सनको रेखा पार गरेको भन्दै फेरि आकर्षण बढाउन तम्सिएका देखिन्छन्।

images
images

काठमाडौं- अघिल्ला दिनको कारोबारको तुुलनामा सेयर बजार थामिन खोजेको छ। बजार झिनो अंकले घटेर बजार ‘टेक एण्ड ब्रेक’मा रहन खोजेको हो। लगानीकर्ताहरू पुनः बजारले एक चरण करेक्सनको रेखा पार गरेको भन्दै फेरि आकर्षण बढाउन तम्सिएका देखिन्छन्।

images
images
images

साताको अन्तिम कारोबार बिहीबार केही थामिन खोजे पनि बजार बन्द हुने बखत घटेर नै यस हप्ताको कारोबार बन्द हुन पुुगेको हो। करेक्सनपछि  लगानीकर्ता अझै पर्ख र हेरकै अवस्था छन् जसले बजारको गति सुुस्त बन्न पुुगेको विश्लेषक बताउँछन्। 

images

बजारमा झिनो करेक्सन आउँदा कारोबार रकममा पनि विस्तारै सुधार आएको देखिन्छ। बुधबार ६ अर्बको कारोबार भएकोमा बिहीबार ७ अर्बमाथिको कारोबार भएको छ। जसले लगानीकर्ताहरूले अब सेयर बजारमा करेक्सन सकिएको तर्क गर्न थालेका छन्। राष्ट्र बैंकको नीतिलाई लिएर लगानीकर्ताहरू आलोचनाको बीच करेक्सनमा आउनुु र बजार थामिने प्रयासले आगामि बजार पुनः फर्किन सक्ने आधार रहेको लगानीकर्ताहरू बताउँछन्।

images
images

बिहीबार कारोबारमा आउने १३ समूूहको सूूचकमध्ये जलविद्युुत र फाइनान्समा समूह सूचकमा लगानीकर्ता पुनः आकर्षण बढाउन थालेका छन्। पछिल्लो समयको ट्रेन्डलाई हेर्ने हो भने पनि बजारमा लगानीकर्ताले क्षेत्रगत रुपमा बढाउन बानि परेका छन्, जसले बजारलाई प्रभावित पार्न खोजेका देखिन्छ। फाइनान्स, माइक्रो फाइनान्स, वाणिज्य बैंकमा अझै पनि लगानीकर्ताको सक्रियता देखिएको छैन।

images
images

नेप्से शून्य दशमलव ६२ अंकले घटेर २ हजार ८ सय ७५ दशमलव ९७ बिन्दुुमा पुुगेको छ।  रिडि हाइड्रो पावर कम्पनी, नागरिक सामूहिक फण्ड, आइसिएफ फाइनान्स, सर्पोट फाइनान्स वित्तीय संस्था युनिलेभर नेपाल कम्पनीको सेयर मूल्य घट्दा यी कम्पनीका लगानीकर्ता निराश बनेका छन्।

२ कम्पनीको सेयर  सर्किट मूल्यमा कारोबार
दुई कम्पनीको सेयर सर्किट मूल्यमा कारोबार भएको छ। हिमालयन पावर पार्टनर र सानिमा लाइफ इस्योरेन्स कम्पनीको सेयर १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको हो।

रैराङ हाइड्रो पावर, ग्रिन लाइफ हाइड्रो पावरको सेयर मूल्य ९ प्रतिशतले बढेर कम्पनीका लगानीकर्ताले नाफा आर्जन गर्न सफल भएका छन्। त्यस्तै माउन्टेन हाइड्रोपावर, युनियन हाइड्रोपावर कम्पनी, अपि पावर कम्पनीको सेयर मूूल्य सकारात्मक बनेका छन्।

बिहीबार २ सय ३० कम्पनी कारोबारमा आउँदा १ करोड ४४ लाख कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ५ करोड रुपैैयाँको कारोबार भएको छ। 

पहिलो कारोबार हुने कम्पनीमा रिडी हाइड्रो पावर कम्पनी रहेको छ। कम्पनीको बिहीबार ४९ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ। दोस्रो कारोबार हुने कम्पनीमा अरुण भ्यालि हाइड्रो पावर कम्पनी रहेको छ, कम्पनीको ४८ करोड  ८५ लाख रुपैयाँको कारोबार भएको छ। त्यसैगरी कारोबार हुने कम्पनीमा रैराङ हाइड्रो पावर कम्पनी रहेको छ। कम्पनीको ३३ करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ। त्यसैगरी युनाइटेड मोदी हाइड्रो पावर  कम्पनीको  ३१ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ।


प्रकाशित : बिहीबार , भदौ २४ २०७८१०:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend