बुधबार, जेठ २ गते २०८१    
images
images

तेस्रो लगानी सम्मेलनको कार्यतालिका : के-के हुँदैछ आज दोस्रो दिन?

images
सोमबार, वैशाख १७ २०८१
images
images
तेस्रो लगानी सम्मेलनको कार्यतालिका : के-के हुँदैछ आज दोस्रो दिन?

सम्मेलनमा लगानीका निम्ति १ सय ५३ परियोजना सोकेसमा रहेको नेपाल लगानी बोर्डले जनाएको छ। बोर्डका अनुसार सम्मेलनमा ५५ भन्दा बढी देशका १ हजार ६ सय लगानीकर्ताले भाग लिएका छन्।

images
images

काठमाडौं- आइतबारदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा आज दोस्रो दिन सोमबार पनि विभिन्न सत्रहरूको कार्यतालिका तय गरेर कार्यक्रम गरिँदै छ। 

images
images
images

सोमबार अर्थमन्त्री पुनले विकास साझेदारका प्रतिनिधिसँग छलफल गर्नेछन् भने पहिलो सत्रमा ‘नेपालमा नवीकरणीय ऊर्जाको सम्भावना’ विषयमा छलफल हुनेछ।

images

उक्त सत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीलगायत वक्ता छन्। 

images
images

‘नवप्रवर्तनीय आर्थिक परिदृश्य’ विषयक सत्रमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, ‘नेपालमा हरित र जलवायु अनुकूलन व्यवसायमा लगानीका अवसर’ विषयक सत्रमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, ‘यातायात पूर्वधार सुधार’ विषयक सत्रमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, राष्ट्रिय योजना आयोका सदस्य प्राडा संगीता सिंह, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा र प्राध्यापक डा सुरेशराज आचार्यलगायत वक्ता रहेका छन्। 

images
images

सम्मेलनमा समानान्तर बहस सत्र पनि सञ्चालन हुनेछन्। समापन सत्रमा सत्तारुढ नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् भने समापन मन्तव्य अर्थमन्त्री पुनले दिने कार्यक्रम तय छ। 

पहिलो दिन आइतबार उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु सञ्चालन भएको थियो। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट उद्घाटन भएको सम्मेलनमा अर्थमन्त्री वर्षमान पुनले स्वागत मन्तव्य दिएका थिए भने सम्मेलनको प्रतीक चिह्न (लोगो) प्रदर्शनी गरिएको थियो।

उद्घाटन सत्रकै क्रममा आइतबार केही महत्वपूर्ण परियोजनाको सहमति पत्रमा हस्तक्षार र लगानी घोषणासमेत भएको थियो।

सम्मेलनमा लगानीका निम्ति १ सय ५३ परियोजना सोकेसमा रहेको नेपाल लगानी बोर्डले जनाएको छ। 

बोर्डका अनुसार सम्मेलनमा ५५ भन्दा बढी देशका १ हजार ६ सय लगानीकर्ताले भाग लिएका छन्। लगानीका निम्ति सोकेसमा राखिएको परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिएको छ भने १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिएको बोर्डले जानकारी दिएको छ।

images

प्रकाशित : सोमबार, वैशाख १७ २०८१०६:४४
  • सम्बन्धित विषय:

  • # तेस्रो लगानी सम्मेलन


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend