बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

तेस्रो लगानी सम्मेलन : ४ परियोजनामा १ खर्ब ७५ अर्ब लगानी आउने भनिएको सम्झौता अन्तिम समयमा रद्द

images
सोमबार, वैशाख १७ २०८१
images
images
तेस्रो लगानी सम्मेलन : ४ परियोजनामा १ खर्ब ७५ अर्ब लगानी आउने भनिएको सम्झौता अन्तिम समयमा रद्द

अन्तिम समयमा चारवटै परियोजनाको सम्झौता रद्द गरिएको हो। बोर्डले केही प्राविधिक कारणले सम्झौता नभएपनि केही समयभित्रै प्रवर्द्धकसँगको सहमतिपछि सम्झौता गर्ने जनाएको छ।

images
images

काठमाडौं- लगानी सम्मेलनमा विभिन्न चार परियोजनामा १ खर्ब ७५ अर्ब रुपैयाँ लगानी भित्र्याउने गरी सम्झौता हुने भनिए पनि अन्तिम समयमा आएर रोकिएको छ।

images
images

हिजो आइतबार सुरू भएर आज सोमबारसम्म चल्ने लगानी सम्मेलनमा विभिन्न चार परियोजनाबाट पौने दुई खर्ब रुपैयाँ लगानी आउनेगरी सम्झौताको तयारी गरिएको थियो। तर आइतबार नै हुने भनिएको सम्झौता तयारी नपुगेको भन्दै रद्द गरिएको हो।

images
images

सरकारले विभिन्न परियोजनाका प्रवर्द्धकसँग परियोजना विकास सम्झौता (पीडीए) तथा परियोजना लगानी सम्झौता (पीआईए) को कार्यक्रम रद्द गरेको हो।

images
images

सम्मेलनमा झापाको दमकमा बन्न लागेको चीन-नेपालमैत्री औद्योगिक क्षेत्र, माथिल्लो मर्स्याङ्दी-२, बाँके र कपिलवस्तुमा बन्ने २ सय मेगावाट क्षमताको सोलार प्लान्ट परियोजना विकासका लागि पीडीए गरिने घोषणा लगानी बोर्डले गरेको थियो। त्यसैगरी बहुराष्ट्रिय कम्पनी डाबर नेपाल प्रालिसँग पीआईए हुने पनि तयारी गरिएको थियो। 

लगानी सम्मेलनको सचिवालयसमेत रहेको लगानी बोर्ड नेपालले डाबरको क्षमता विस्तार तथा उत्पादन विविधीकरण र अन्य तीन परियोजना विकासका लागि पीडीए/पीआईए गर्न तयार रहेको भन्दै सूची सार्वजनिक गरेको थियो।

डाबर नेपालले भारतबाट ९ अर्ब ६८ करोड ६३ लाख भारतीय लगानी ल्याउन लागेको बताइएको थियो। जसका लागि लगानी बोर्डको बैठकले सहमतिसमेत दिइसकेको थियो।

३ सय २७ मेगावाटको अपर मर्स्याङ्दी-२ मा पनि चिनियाँ लगानी हुने बताइएको थियो।  बुटवल पावरसहित चीनको सिन्चेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी र क्युवाइसी इन्टरनेसनलले परियोजनामा ७८ अर्ब ३० करोड ६४ लाख रुपैयाँ लगानी गर्ने तयारी छ।

झापाको दमकमा ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन, जिङपिङ ज्वाइन्ट क्रिएसन कन्स्ट्रक्सन प्रोजेक्ट डेभलपमेन्ट कम्पनी लिमिटेड र दमक क्लिन इन्डस्ट्रियल पार्कले संयुक्त रूपमा ६४ अर्ब ९० करोड लगानी गर्दै छन्। बाँके र कपिलवस्तुमा बन्ने १२५/१२५ मेगावाटको सोलार प्लान्ट परियोजनामा सिंगारपुरको राइजेन इनर्जीले २१ अर्ब ६० करोड लगानी गर्दै छ।

अन्तिम समयमा चारवटै परियोजनाको सम्झौता रद्द गरिएको हो। बोर्डले केही प्राविधिक कारणले सम्झौता नभएपनि केही समयभित्रै प्रवर्द्धकसँगको सहमतिपछि सम्झौता गर्ने जनाएको छ। 


प्रकाशित : सोमबार, वैशाख १७ २०८११०:४१
  • सम्बन्धित विषय:

  • # तेस्रो लगानी सम्मेलन


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend