शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

नेपाल वेयर हाउसले १३ करोड ७५ लाखको आईपीओ ल्याउँदै

images
आइतबार, पुस ४ २०७८
images
नेपाल वेयर हाउसले १३ करोड ७५ लाखको आईपीओ ल्याउँदै
images
images

काठमाडौं- नेपाल वेयर हाउस कम्पनीले साधारण सेयर (आईपीओ) बिक्री गर्ने भएको छ। कम्पनीको प्रबन्धपत्र संशोधन गने गरी अधिकृत पुँजी ७० करोड र जारी पुँजी ६८ करोड ७५ लाख रूपैयाँ पुर्‍याउने प्रस्ताव सञ्चालक समितिले पारित गरेको छ।

images
images
images

हालै सम्पन्न कम्पनीको साधारणसभाले १३ करोड ७५ लाख रूपैयाँ बराबरका साधारण सेयर निष्काशन गर्ने भएको छ। साधारण सेयर बिक्रीका लागि कम्पनीले सम्बन्धित नियामक निकायमा प्रस्ताव पेश गर्ने निर्णय गरेको छ।

images
images

कम्पनीका अध्यक्ष आनन्तकुमार बगडियाले कम्पनीलाई थप विस्तार गर्ने उद्देश्यका साथ साधारण सेयर बिक्री गर्ने प्रस्ताव गरिएको जानकारी दिए।  एभरेष्ट बैंकको सहवित्तीयकरणमा निर्माण भइरहेको कम्पनीको सुनसरी, पर्सा र कपिलवस्तु कार्यालयबाट कूल ५५ हजार मेट्रिकटन अन्न भण्डारण हुनेछ।

images
images

निम्बस ग्रप,  शिखर इन्स्योरेन्स, एनएमबि बैंक, श्रीनगर एग्रो फार्म, टीएएनए इन्भेष्टमेन्ट कम्पनी, टिम भेञ्चर्सलगायतको लगानी रहेको यस कम्पनीमा थप केही व्यासायिक र वित्तीय संस्थाले १५ करोड रूपैयाँ लगानी गरिसकेका छन्।

कम्पनीले अन्न भण्डारणका अतिरिक्त वेयहाउस रिसिप्ट फाइनान्सिंग, अक्सन मार्केट सुविधा, बल्क टन्सपोटेसन र वन स्टप एग्री सोलुसनलगायतका सुविधा उपलब्ध गराउने छ। निर्माणधिन तीन एकाइमध्ये सुनसरीको औरावानीस्थित कार्यालयबाट आगामी दुई महिनाभित्र व्यावसायिक काम सुरु हुने कम्पनीले जनाएको छ। 


प्रकाशित : आइतबार, पुस ४ २०७८०८:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend