मंगलबार, जेठ १ गते २०८१    
images
images

‘एक घर एक धारा’ अभियानले खुसी छन् बुडोलबासी

images
बिजनेस न्युज
images
images
‘एक घर एक धारा’ अभियानले खुसी छन् बुडोलबासी

पछिल्लो समय भने बनेपा नगरपालिका वडा नं ६ ले खानेपानी आपूर्तिमा सक्रियता बढाएपछि स्थानीयहरू उत्साहित भएका छन्।

images
images

धुलिखेल- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-६ बुडोलडाडाँका गगनराज श्रेष्ठले ईनारको पानीलाई फिल्टर गरेर पिउन थालेको वर्षौ भयो। घरनजिकै सामूहिक धारा भए पनि पालो कुरेर थाप्नुपर्ने बाध्यताका कारण उनले ईनारकै पानी प्रयोग गर्दै आएका थिए। 

images
images
images

'पुरानो बनेपामा खानेपानी संस्थानले पानी वितरण गर्दै आएको छ तर बुडोलडाँडामा भने त्यस्तो सुविधा कहिल्यै पाएनौँ। त्यसैकारण लाइनबसेर धारामा पानी थाप्नुपर्ने वा ईनारकै पानी प्रयोग गर्नुपर्ने बाध्यता थियो हामीलाई', गगनराजले भने। 

images

स्थानीय रामचन्द्र थापाले पनि धारासम्म पुग्न पाँच/सात मिनेट लागे पनि पालो पाउन धेरै कुर्नुपर्ने बाध्यताले हैरानी खेप्नुपरेको गुनासो गरे। 

images

यो समस्या गगनराज र रामचन्द्रको मात्रै होइन अधिकांश नगरबासीका लागि खानेपानी नै सबैभन्दा ठूलो समस्याका रूमा गुनासो छ। 

images
images

पछिल्लो समय भने बनेपा नगरपालिका वडा नं ६ ले खानेपानी आपूर्तिमा सक्रियता बढाएपछि स्थानीयहरू उत्साहित भएका छन्।

वडाले राजीतिक दल र सामाजिक अगुवाहरूसहित ‘वडासँग नगरबासिन्दा अभियान’ सञ्चालन गरी खानेपानी समस्या समाधानको प्रयास गरिरहेको छ। त्यसका लागि सहयोग तथा समन्वय समिति गठन गरी खानेपानी व्यवस्थापन अभियान सुरूगरेपछि स्थानीयहरू उत्साहित भएका हुन्। 

सहयोग तथा समन्वय समितिका अध्यक्ष कृष्णबुद्ध बजगाईले वडाबासीलाई खानेपानी उपलब्ध गराउन वडाअध्यक्षको सक्रियतामा वैकल्पिक स्रोतका रूपमा स-साना मुहान एकीकृत गर्ने र डीपबोरिङमार्फत खानेपानी व्यवस्थापन गर्ने अभियान अगाडि बढाइएको बताए। उनले उपभोक्ता समितिको लागत सहभागितामा करिब दुई करोड लागतको ‘एक घर एक धारा’ अभियानसहित खानेपानी व्यवस्थापनका काम अगाडि बढाइएका र चालु आर्थिक वर्षभित्र करिब आठ सय घरधुरीलाई खानेपानी खुवाउने गरी काम भइरहेको बताए। 

वडाध्यक्ष सचितानन्द केसीले वडामा मुख्य समस्याका रूपमा रहेको खानेपानीको अभाव पूर्ति गर्न समिति बनाएर काम सुरूगरिरहेको बताए। 'अहिले वडाको मुख्य समस्या नै खानेपानीको व्यवस्थापन गर्नु हो। निर्माणाधीन काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाले समेत यहाँको समस्या समाधान गर्दाजस्तो नलागेपछि हामी आफैँ खानेपानी व्यवस्थापनमा जुटका छौँ', उनले भने।

पानीको दीगो व्यवस्थापन र समानुपातिक वितरणका लागि सबै राजनीतिक दल र सरोकारवालाहरुको सामूहिक सहभागितामा पानीको स्रोत व्यवस्थापन र डीपबोरिङमार्फत पानी सङ्कलको काम गरिने उनको भनाइ छ। 

उनका अनुसार हाल प्रदेश सरकारको ३० लाख रुपैयाँबाट खत्रीगाउँमा डीपबोरिङ र एक लाख ७५ हजार क्षमताको पानी ट्याङ्की, डाँडागाउँमा तीन लाख क्षमताको खानेपानी ट्याङ्की निर्माण र मुख्य पाइपलाईन विछ्याउने काम भइरहेको छ भने गोसाइँस्थानमा डीपबोरिङ खानेपानी सम्पन्न भई कार्कीगाउँ, कुइँकेलगाउँ, चाल्नेढुङ्गा, २८ किलो क्षेत्र र गैरीगाउँ क्षेत्रमा पानी वितरणको काम भइरहेको छ।

त्यसैगरी काभ्रे क्याम्पसभन्दा माथि दुई लाख लिटर क्षमताको ट्याङ्की बनाउने काम भईरहेको छ भने बुडोल, रातामाटे, सुवाल टोललगायत स्थानका लागि करिब रु दस करोडको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको वडाध्यक्ष केसीले बताए। रासस 

images

प्रकाशित : आइतबार, वैशाख १६ २०८१०३:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend