शनिबार, वैशाख २९ गते २०८१    
images
images

लगानी सम्मेलनमा सहभागी विदेशी वक्ताहरूले भने - नेपाल ऊर्जा, पूर्वाधार र सूचना प्रविधिमा अघि बढ्नु पर्छ

images
images
images
लगानी सम्मेलनमा सहभागी विदेशी वक्ताहरूले भने - नेपाल ऊर्जा, पूर्वाधार र सूचना प्रविधिमा अघि बढ्नु पर्छ

उद्घाटन सत्रमा लगानी सम्मेलन निर्देशक समिति संयोजक तथा अर्थमन्त्री वर्षमान पुनले स्वागत मन्तव्यसहित सम्बोधन गरेका थिए। त्यससँगै स्वदेश र विदेशका अन्य वक्ताहरूले मन्तव्य राखिरहेका छन्।

images
images

काठमाडौं- काठमाडौंमा चलिरहेको तेस्रो लगानी सम्मेलनमा सहभागी विदेशी वक्ताहरूले नेपालमा पूर्वाधार, ऊर्जा र सूचना प्रविधिमा लगानी गर्न सकिने देखिएको बताएका छन्। उनीहरूले नेपालले ऊर्जा, पूर्वाधार र सूचना प्रविधिमा नै ध्यान दिँदै लगानीको वातावरण बनाएर अघि बढ्नुपर्ने बताए। 

images
images
images

तेस्रो लगानी सम्मेलनको आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका हुन्। उद्घाटन सत्रमा लगानी सम्मेलन निर्देशक समिति संयोजक तथा अर्थमन्त्री वर्षमान पुनले स्वागत मन्तव्यसहित सम्बोधन गरेका थिए। त्यससँगै स्वदेश र विदेशका अन्य वक्ताहरूले मन्तव्य राखिरहेका छन्। 

images

सम्मेलनमा ५५ भन्दा बढी देशका एक हजार छ सयभन्दा बढी व्यक्तिको सहभागिता छ। सम्मेलनस्थलमा २३ वटा प्रदर्शनी कक्ष राखिएका छन् भने सहभागी एवम् लगानीकर्ताले ती प्रदर्शनीकक्षमार्फत् विभिन्न परियोजनाबारे विस्तृत जानकारी लिन सक्ने व्यवस्था मिलाइएको लगानी सम्मेलन सचिवालयले जनाएको छ।

images

सम्मेलनका क्रममा विभिन्न १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान (ईओआई) गर्न लागिएको छ। आशयपत्र आह्वान गरिने, सोकेस गरिने, मार्केट साउण्डिङ गरिने र निजी क्षेत्रबाटसमेत गरी कुल १ सय ५१ परियोजना प्रस्तुत हुनेछन्।

images
images

विदेशी वक्ता कसले के भने?

अतुल केशव : वरिष्ठ उपाध्यक्ष, अमेरिकन चेम्बर अफ कमर्स 

नेपालसँग हाम्रो सहकार्य १ सय १३ वर्षदेखि चलिरहेको छ। भूकम्पमा पनि नेपाललाई धेरै सहयाेग अमेरिकाले गरेको थियो। अहिले नेपाल लगानीका हिसाबले अघि बढ्दै गइरहेको इमर्जिङ देख हाे। नेपाल खुला व्यापार नीति लिएको छ। जुन सकारात्मक हाे।

अमेरिकी बिजनेस कम्युनिटी पनि नेपालमा लगानी बढाउन चाहन्छ। नेपालका सबै नेताहरू एक ठाउँमा भेला भएर लगानी गर्न आह्वान गर्नु पनि सकारात्मक हाे। 

भारतको मुम्बई, बैंग्लाेरमा धेरै अमेरिकी लगानी गइरहेका छन्। नेपालमा पनि ऊर्जा र सूचना प्रविधि क्षेत्रमा राम्राे अवसर रहेको छ। अमेरिकी लगानीकर्ताले नेपालमा ऊर्जा र सूचना प्रविधिमा लागनी बढाउन चाहिरहेको छन्। 

जस्मिन उद्दिन : अध्यक्ष, सार्क चेम्बर अफ कमर्स

नेपालले पछिल्लो समयमा विश्वका लगानीकर्तालाई लगानीका लागि बाेलाइरहेको छ। जुन सकारात्मक रहेको छ। लगानी सम्मेलनमार्फत विभिन्न परियाेजना साेकेस गर्न लागिएको छ।

सार्क क्षेत्रका देशहरू मिलेर जान सकियाे भने झनै अगाडि बढ्न सहज हुनेछ। क्षेत्रीय व्यापारमा पनि भारत, बंगलादेश, श्रीलंका, भुटान, पाकिस्तान, माल्दिभ्समा कुन देशमा के परियाेजना अगाडि बढाउन सकिन्छ त्यसमै केन्द्रित हुनुपर्दछ।

नेपाल, भारत र बंगलादेश मिलेर नेपालको जलविद्युतमा लगानी बढाउन सकिन्छ। जुन सुरु पनि भएको छ। नेपालको हाइड्रोबाट भारत र बंगलादेशले पनि फाइदा लिन सक्नेछन्।

भुटानले पनि अहिले जलविद्युतमार्फत विकासलाई आगाडि बढाइरहेको छ। नेपालमा दर्जनौँ क्षेत्रमा लगानी गर्न सकिन्छ। 

रजत मिश्र : एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) कार्यवाहक उपाध्यक्ष 

नेपालमा ठूला परियाेजनामा अहिले पूर्वाधारको विकास आवश्यक छ। पहाडि भूभाग धेरै भएकोले पनि एआईआईबी सबै खाले वित्तीय सहयाेग गर्न तयार रहेको छ।

ग्रिन पूर्वाधारको विकासमा नेपालले जुन कामको तयारी गरेको छ यसका लागि ठूलाे पैसा आवश्यक पर्छ। यसका लागि एआईआइबी सहुलियत ऋण उपलब्ध गराउन तयार छ।

नेपालको सडक, विमानस्थलमा पनि ठूलाे लगानी आवश्यक पर्दछ। स्वास्थ्य र शिक्षाका साथै पूर्वाधारमा पनि नेपालका लागि लगानी आवश्यक देखिन्छ। यसका लागि हामी सहयाेग गर्न तयार छौँ। 

यिङमिङ याङ् : एसियाली विकास बैंक (एडीबी) उपाध्यक्ष 

नेपाल अहिले संकटको अवस्थामा रहेको छ तर लगानीकर्ताका लागि लगानीको पनि व्यापक अवसर रहेको छ।

पर्यटन र कृषिमा नेपालको ठूलाे अवसर रहेकोमा अहिले जलविद्युतमा पनि आकर्षक लगनी गर्न सकिने क्षेत्र थपिएर आएको छ।

एडीबीले नेपालका धेरै पूर्वाधारमा लगानी गरिरहेको छ र अझै पनि धेरै क्षेत्रमा लगानी पाइपलाइनमा रहेको छ। नेपालका लागि अझै पनि धेरै लगानी आवश्यक रहेको छ। यसका लागि एडीबीले अझै लगानी बढाउने छ।

सार्वजनिक निजी साझेदारी (पीपीपी) माेडलमा धेरै परियाेजना अगाडि बढाउन नेपालका लागि जरुरी छ। जसका लागि एडीबीले पनि सहयाेग गर्ने छ। पीपीपी राेड म्यापले काममा पनि छिटाे हुने र गुणस्तरीय पनि हुने भएकोले ठूलाा पूर्वाधारमा निजी क्षेत्रलाई जाेडेर नेपाल अगाडि जानु पर्दछ। यसका लागि एडीबी सधैँ नेपाललाई आर्थिक सहयोग गर्न तयार छ। 

images

प्रकाशित : आइतबार, वैशाख १६ २०८१११:५०
  • सम्बन्धित विषय:

  • # तेस्रो लगानी सम्मेलन


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend