शनिबार, वैशाख २९ गते २०८१    
images
images

विदेशी लगानीकर्तालाई सहकार्य गर्न निजी क्षेत्रको आह्वान

images
images
images
विदेशी लगानीकर्तालाई सहकार्य गर्न निजी क्षेत्रको आह्वान

'तेस्राे लगानी सम्मेलनमार्फत नेपालको समृद्धिको अभियान सुरु हुने आशा छ। नेपालको जलविद्युत, खानी र पर्यटनमा लगानीकर्ताका लागि ठूलाे अवसर हुनसक्छ।'

images
images

काठमाडौं- तेस्रो लगानी सम्मेलनमा विदेशी लगानीकर्तालाई सहकार्य गर्न निजी क्षेत्रले आह्वान गरेको छ। 

images
images
images

देशको आर्थिक वृद्धिको वाहक निजी क्षेत्रलाई सहआयोजक बनाएर सरकारले आयोजना गरेको सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिले विदेशी लगानीकर्तालाई सहकार्य गर्न आग्रह गरे। 

images

'सरकारले लगानीमैत्री वातावरणसमेत बनाएको छ। नेपालको निजी क्षेत्र विदेशी लगानिकर्तासँग सहकार्य गर्न सधैँ तयार रहेको छ' नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भने।

images

यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेस कुमार अग्रवालले नेपाल दुई ठूला बजार चीन र भारतको बीचमा रहेकाले पनि विदेशी लगानीकर्ताका लागि अवसर बन्न सक्ने बताए।

images
images

तेस्राे लगानी सम्मेलनमार्फत नेपालको समृद्धिको अभियान सुरु हुने आशा रहेको भन्दै नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले भने- 'नेपालको जलविद्युत, खानी र पर्यटनमा लगानीकर्ताका लागि ठूलाे अवसर हुनसक्छ।' 

कमलेस कुमार अग्रवाल, अध्यक्ष नेपाल चेम्बर अफ कमर्स

नेपालका लागि पूर्वाधारमा लगानी महत्त्वपूर्ण रहेको छ। यस्तै ग्रिन हाइड्रोजन, जलविद्युत र पर्यटन क्षेत्र पनि महत्वपूर्ण रहेको छ। नेपाल दुई ठूला बजार चीन र भारतको बीचमा रहेकाले पनि विदेशी लगानीकर्ताका लागि अवसर बन्न सक्छ।

फरक खालको प्रतिस्पर्धा र उत्पादन गर्न सकिने अवसर पनि नेपालमा हुनसक्छ। अहिले लगानी गरिररहेका विदेशी लगानीकर्ताका लागि राम्राे लाभांश रहेकोले पनि नेपाल लगानीका लागि आकर्षक गन्तव्य हाे। 

राजेश अग्रवाल, अध्यक्ष नेपाल उद्योग परिसंघ

तेस्राे लगानी सम्मेलनमार्फत नेपालको समृद्धिको अभियान सुरु हुने आशा छ। नेपालको जलविद्युत, खानी र पर्यटनमा लगानीकर्ताका लागि ठूलाे अवसर हुनसक्छ।

नेपालको ऊर्जा र सूचना प्रविधि अहिले आकर्षक लगानीको अवसर आएको छ। अहिले बजारका हिसाबले पनि जलविद्युत झनै राम्राे क्षेत्र रहेको छ। सरकारले अहिले नीतिगत रिफर्म पनि सुरु गरेको छ जुन सकारात्मक छ। यसले विदेशी लगानीकर्ताका लागि आकर्षक हुनसक्छ।

चन्द्र प्रसाद ढकाल, अध्यक्ष एफएनसीसीआई

लगानी सम्मेलनमार्फत सरकारले विदेशी लगानीकर्ताका लागि ढाेका खुला रहेको र नीतिगत रुपमा सहयाेग गर्ने घाेषणा गरेको छ।

नेपालको पर्यटन र पूर्वाधारसहित ऊर्जा क्षेत्रको विकास महत्वपूर्ण हुने बाटाेमा गएको छ। भारत र बंगलादेशमा नेपालमा उत्पादित बिजुली बिक्रीको बाटाे खुलेकोले पनि जलविद्युतमा लगानी विदेशी लगानीकर्ताका लागि आकर्षक हुनेछ।

नेपालको पर्यटन क्षेत्रमा अहिले विमानस्थलहरू खडा भएका छन्। केबलकार, हाेटल र अन्य पूर्वाधारहरू पनि खडा हुँदैछ।

अर्को अहिले सूचना प्रविधिमा पनि राम्राे अवसर आएको छ। नेपालमा अहिले धेरै लगानी आवश्यक रहेकोले पनि सरकारले सबै सुविधा लगानीकर्तालाई दिन खाेजेको छ। सरकारले लगानीमैत्री वातावरणसमेत बनाएको छ। नेपालको निजी क्षेत्र विदेशी लगानिकर्तासँग सहकार्य गर्न सधैँ तयार रहेको छ।

images

प्रकाशित : आइतबार, वैशाख १६ २०८११०:४३
  • सम्बन्धित विषय:

  • # तेस्रो लगानी सम्मेलन


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend